Comments Add Comment

एपीएफ खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

२२ पुस, धनगढी । सशस्त्र प्रहरीको एपीएफ क्लब सुदूदपश्चिम खप्तड गोल्डकपको क्वार्टरफाइनलमा पुगेको छ ।

धनगढी रंगशालामा शनिबार भएको खेलमा पोखराको साहारा क्लबलाई टाइब्रेकरमा ५-४ ले पाखा लगाउँदै एपीएफ अन्तिम आठमा पुगेको हो ।

पहिलो हाफमा पाएको पेनाल्टीका साथै गानेल गर्ने थुप्रै अवसर गुमाएको सहाराले सदुपयोग गर्न सकेन । खेलको २१ औं मिनेटमा सहाराले पेनाल्टी पाएको थियो तर, विनोद गुरुङको प्रहार फ्रेममै पर्न सकेन ।

दुबै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो, जसमा सहाराका लक्ष्मण जिसीको प्रहारलाई एपीएफका गोलरक्षक राजु नगरकोटीले रोक्दै आफ्नो टीमलाई दोस्रो चरणमा पुर्‍याएका छन् ।

पेनाल्टी सुउआउटमा एपीएफए गोलरक्षक नगरकोटीसहित अन्जन विष्ट, सुदीप सिल्पकार, आदित्य चौधरी र रञ्जन विष्टले गोल गरेका थिए ।

सहाराका सुसन गुरुङ, विजय श्रेष्ठ, मानवहादुर तामाङ र फुर्वा लामाको गोल गरेपनि लक्ष्मण जिसीको प्रहार फ्रेममै पर्न सकेन ।

जितपछि एपीएफ क्लबका प्रशिक्षक रत्नकाजी महर्जनले तालमेल नमिल्दा राम्रो खेल्न नसकेको स्वीकार गरे ।

सहारका प्रशिक्षक किरन गुरुङले पेनाल्टी गुमाउँदा र मौकाको सदुपयोग गर्न नसक्दा खेलमा हार व्यहोरको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment