Comments Add Comment

न्यू योर्कमा नेपालीहरुले गरे रक्तदान

न्यूयोर्क । लङ आईल्याण्ड नेपाली समाज न्यूयोर्कले रक्तदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । १२ जनाले प्रारम्भिक स्वास्थ्य परीक्षणमा मापदण्ड पूरा हुन नसकेकाले रक्तदान गर्न पाएनन् ।

चिसोका कारण ढिलो सुरू भएर छिट्टै कार्यक्रम सम्पन्न भएकोले २२ जनाले रक्तदान गर्न पाएका थिएनन् ।

रक्तदान गर्ने स्थानमा तापक्रम कम्तिमा सोह्र डिग्री सेल्सियस हुनु पर्नेमा बाहिर माइनस दश डिग्री सेल्सियस भएकाले हलभित्र हिटरले पनि काम गरेको थिएन ।

रक्तदान गर्न त्यस्तो चिसोको पनि प्रबाह नगरी ‘मैले दान गरेको रगतले कसैको जीवन बचोस भन्ने भावनाले’ करिब ४० किलोमिटर टाढाबाट नेपालीहरु रक्तदान गर्न आएका थिए ।

निम्न माद्यमिक विद्यालयमा पढ्ने नेपाली समाजका विद्यार्थीहरूले स्वयमसेवा प्रदान गरेका थिए ।

महाबाणिज्य दूतावास, न्यूयोर्कका डेपुटी कन्सुलर जनरल पुष्पराज भट्टराईले स्वयमसेवक तथा रक्तदाताहरुलाई कदरपत्रले सम्मान गरेका थिए ।

संस्थाका अध्यक्ष टिका ढकाल र कार्यक्रम सयोजक राजन गौलीको सक्रियतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment