Comments Add Comment

‘मिस्टर झोले’को हङकङ प्रिमियरमा दया र दिया सहभागी हुने


भोलीबाट नेपालभर रिलिज हुन लागेको चलचित्र ‘मिस्टर झोले’को हङकङमा प्रिमियर हुने भएको छ । मृगौला पिडित दिलुमाया गुरुङको सहयोगार्थ हुन लागेको यो शोमा सहभागी हुनका लागि नायक दयाहाङ राई, नायिका दीया पुन र निर्देशक रामबाबु गुरुङ हङकङ पुग्नेछन् ।

यो चलचित्रको हङकङ प्रिमियर जनवरी १४ तारिखमा हुनेछ । गुर्खा सेमेटेरिज ट्रस्टको प्रस्तुतिमा हुन लागेको शोको आयोजना देव,जीवन, अरुण र टोपराजले गर्न लागेका हुन् ।

केहि महिनादेखि सुनसान देखिएको चलचित्र बजारलाई यो चलचित्रले उकास्ने विश्वास गरिएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्रमा दया, दीयाको साथमा वुद्दि तामाङ, बिजय बराल, प्रविन खतिवडा, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ ।

रामबाबुकै कथा रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, कालिप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन, विक्रम स्वाँरको कोरियोग्राफी छ । टेकेन खड्का निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता रौनक विक्रम कँडेल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment