Comments Add Comment

लागूऔषधबारे जनचेतना जगाउँदै प्रहरी

२७ पुस, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले लागूऔषध र घरेलु हिंसासम्बन्धी जनचेतना मुलक कार्यक्रमलाई गाउँगाउँमा पुर्‍याएको छ ।

पुस १ गतेदेखि जिल्लाका बिभिन्न स्कुलका बिद्यार्थीहरु र गाउँटोलमा अभिभावक, समाजसेवी, आमासमूह लगायतलाई लागूऔषध दुर्व्यशनीबारे सचेतनामुलक कार्यक्रम सञ्चालन भएको थियो ।

अभियानको मुख्य उद्देश्य विद्यार्थी तथा अभिभावकहरुलाई लागूऔषधको दुरगामी असरबारे जानकारी दिई यसविरुद्ध सक्रिय बनाउनु रहेको गुल्मी प्रहरी प्रमुख एसपी अनुरागकुमार द्विबेदीले जानकारी दिए ।
कार्यक्रम संचालन अन्तर्गत हालसम्म १७ स्कुलका १९७० जना बिद्यार्थी र १७ स्थानका ६१५ जना अभिभावकहरुलाई प्रशिक्षण दिइएको छ ।

सचेतनामूलक प्रशिक्षणमा लागूऔषधको परिचय, प्रकार, लागूऔषध अपराधसम्बन्धी दण्ड सजाय र कानूनी व्यवस्था, लागूऔषध दुर्व्यसनबाट दुर्व्यसनीमा पर्ने असरहरु, रोकथामका उपायहरु लगायतका विषयमा जानकारी गराइएको थियो ।

प्रहरीले बिभिन्न स्थानमा रहेका आफ्ना मातहतका यूनिटहरुबाट लागूऔषधबाट समाजमा हुने नकारात्मक असरहरु र घरेलु हिंसाले परिवार र समाजमा पर्ने प्रभावका विषयमा मुख्य गरी जनचेतना मुलक कार्यक्रमहरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment