Comments Add Comment

‘ओके सेलिब्रिटी अफ द मन्थ’: अनमोल केसी(भिडियो)


अनलाइनखबर डटकमले पौष महिनादेखि सुरु गरेको नयाँ स्तम्भ ‘ओके सेलिब्रिटी अफ द मन्थ‘ श्रृङ्खला अन्र्तगत माघ महिनाका लागि नेपाली चलचित्र क्षेत्रका सुपरस्टार नायक अनमोल केसी रहेका छन् ।

‘सेलिब्रिटी अफ द मन्थ’को भिडियो प्रोमो यस्तो छ:


अनमोल केसी चलचित्र ‘होस्टेल’बाट नेपाली चलचित्र क्षेत्रमा उदाएका हुन् । पहिलो चलचित्रबाट नै स्टार कहलिएका अनमोल पाँचौ चलचित्र ‘कृ’को रिलिजको संघारसम्म आइपुग्दा सुपरस्टारको रुपमा चर्चित छन् । अनमोल आफ्नो नयाँ चलचित्र ‘कृ’का लागि उत्साहित देखिएका छन् । यो चलचित्रका लागि निकै मिहिनेत गरेका अनमोलले दर्शकबाट सुखद प्रतिक्रिया पाउने विश्वास व्यक्त गरे ।

उनले अभिनय गरेका अघिल्ला ४ चलचित्र सुपरहिट भएका थिए । यो महिनाभर अनलाइनखबरका दर्शक तथा पाठकले अनमोल केसीको बारेमा विविध जानकारी अनलाइनखबर डटकम मार्फत पाउन सक्नुहुनेछ ।

अनमोलको बायोग्राफी, उनीसँग गरिएको ‘मस्ती टक’, अनलाइनखबर लाइभ’ लगायतका स्तम्भ मार्फत दर्शक तथा पाठक उनीसँग जोडिन सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment