+
+
Shares

१३ चेलीलाई सम्मान गर्दै मगर संघ जापानले मनायो माघे संक्रान्ति

रमेश श्रीष मगर रमेश श्रीष मगर
२०७४ माघ १ गते १२:०५

१५ जनवरी, टोकियो । मगर संघ जापानले मगर माघे संक्रान्ति भव्यताका साथ मनाएको छ ।

मगर जातिको कला, संस्कृति र भेषभुषाको संरक्षण गर्ने उद्देश्यले आइतबार टोकियोमा आयोजित ‘माघे संक्रान्ति एवं साँस्कृतिक कार्यक्रममा टोकियो क्षेत्रमा बसोबास गर्ने मगर तथा गैरमगरहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा मगर संघ जापानका पूर्व अध्यक्ष एवं संरक्षक गम जुग्जालीमगरले माघे संक्रान्तिको महत्व र विशेषताबारे प्रकाश पारेका थिए ।

त्यस्तै स्थानीय मगर कलाकार दिपेन मगर, सुजु सिंजालीमगर, सगुन सूर्यवंशीमगरको सालैजो तथा कौडा गीतहरुमा रहेको आर्कषक नृत्य प्रस्तुतीले कार्यक्रममा थप मनोरञ्जन प्रदान गरेको थियो ।

हरेक वर्ष माघे संक्रान्तिको अवसरमा मगर संघले गर्दै आएको चेलीबेटी सम्मान कार्यक्रमको अर्को आर्कषण रहेको थियो ।

उक्त सम्मान संघका अध्यक्ष दिपक बुर्जामगर, सल्लाहकार नबिन थापा मगर र कार्यक्रम संयोजकद्वय किरण थापामगर र योगेन थापामगरले १३ जना चेलीहरुलाई सम्मान गरेका थिए ।

सम्मानित हुनेमा इन्दिरा गर्बुजामगर, मीना रानामगर, सुनिता रानामगर, अरुणा रानामगर, जीना पुनामगर, दीपा पुनमगर, सुजु सिंजालीमगर, सगुन सूर्यवंशीमगर, रमा थापामगर, सम्झना रानामगर, मिष्टी रानामगर, लक्ष्मी आलेमगर, दिप्ती लुङ्गेलीमगर लगायत थिए ।

कार्यक्रममा संघका संरक्षक खग्रेन्द्र पुनमगर, एनआरएनए आईसीसीका सदस्य दिनेश गुरूङ, तमुधिं जापानकी अध्यक्ष एवं एनआरएनए जापानकी महिला उपाध्यक्ष अनिता गुरुङ, थकाली सेवा समितिका बुद्धि गौचन, श्री गुरुङलगायतले माघे संक्रान्तिको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?