+
+
Shares

न्यूराेडमा चितुवाको छालासहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ५ गते १२:२०

५ माघ, काठमाडौं । काठमाडौंको न्यूरोडस्थित भूगोल पार्कबाट प्रहरीले दुर्लभ वन्यजन्तु चितुवाको छालासहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडी घर भएका २५ वर्षीय महेशराज औजी, ३४ वर्षीय जनक महरा र २५ वर्षीय सुरेन्द्र दयाल छन् ।

प्रहरीलाई उनीहरुको गतिविधि शंकास्पद लागेपछि चेकजाँच गर्दा कलेजी रंगको झोलाभित्र बोरामा प्याक गरेको अवस्थामा चितुवाको छाला बरामद भएको थियो । उनीहरुले विक्री गर्ने उद्देश्यले चितुवाको छाला बोकेको खुलेको छ ।

उनीहरुमाथि थप अनुसन्धान र कारबाहीका लागि जिल्ला वन कार्यालय, हात्तिसार पठाइएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?