Comments Add Comment

प्रदेश २ को सपथमा भाषा विवाद, प्रदेशसभाको पहिलो बैठक २१ गते आहृवान

७ माघ, काठमाडौं । प्रदेश २ का प्रदेशसभा सदस्यहरुको सपथमा भाषालाई लिएर विवादमा भएको छ ।

जनकपुरस्थित उद्योग वाणिज्य संघको हलमा सपथ कार्यक्रम थियो । प्रदेश प्रमुख रत्नेश्वरलाल कायश्थबाट जेष्ठ सदस्य लगनलाल चौधरीले नेपाली भाषामा सपथ लिए । एमालेका चौधरी सिरहा १ क बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

तर, प्रदेशसभा सदस्यहरुले नेपाली भाषामा सपथ लिँदैनौं भन्दै विरोध गरेका छन् । राजपाका जितेन्द्र सोनलले हिन्दीमा सपथ लिन्छु भने भने मनिष सुमन र माओवादीका जगत यादवले मैथिलीमा सपथ लिने बताए ।

त्यसपछि सबै सदस्यहरुलाई आफूले चाहेको भाषामा सपथ लिने व्यवस्था मिलाइएको छ । जेष्ठ सदस्य चौधरीले नेपालीमा सपथ पढेका छन् भने प्रदेशसभा सदस्यहरुले आफ्नो भाषामा सपथ लिएका छन् ।

प्रदेशसभा सदस्यहरुको सपथलगतै प्रदेश प्रमुखले २१ गते पहिलो बैठक आहृवान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment