Comments Add Comment

किन मनाइन्छ वसन्त पञ्चमी ? यस्तो छ पौराणिक कारण


वसन्त पञ्चमी तथा सरस्वती पुजा आज देशभरी मनाइदैछ । आजको दिन साना साना बालबालिकाहरुलाई अक्षर चिनाउनेदेखि लिएर कुनै नयाँ कामको थालनीका लागि समेत राम्रो साइत मानिन्छ ।

पञ्चांगका अनुसार बसन्त पञ्चमी माघ महिनाको पञ्चमी तिथिमा मनाइन्छ । हिन्दू मान्यताका अनुसार यसै दिन देवी सरस्वतीको जन्म भएको थियो ।
सृष्टीको रचना गर्दा जब ब्रम्हाले जीवजन्तुहरु तथा मनुष्य योनीको रचना गरे, सबैतिर सन्नाटा छाएको थियो । उनलाई लाग्यो कि केही कुरा अपुरो छ । त्यसपछि उनले आफ्नो कमण्डलुबाट जल छर्किए, जसबाट चार हात भएकी एक सुन्दर स्त्री प्रकट भइन् ।

ती स्त्रीको एक हातमा वीणा तथा अर्को हात वर मुद्रामा थियो । बाँकी दुई हातमा पुस्तक र माला थिए । ब्रम्हाले देवीसँग वीणा बजाउने अनुरोध गरिन् । जसै देवीले वीणा बजाउन सुरु गरिन्, संसारका समस्त जीवजन्तुहरुमा आवाज भरियो ।

त्यसपछि ब्रम्हाले उनलाई ‘वाणीकी देवी सरस्वती’ नामाकरण गरे । ब्रम्हाले देवी सरस्वतीको उत्पत्ती बसन्त पञ्चमीकै दिन गरेकी थिइन् । त्यसैले हरेक वर्ष बसन्त पञ्चमीको दिन सरस्वतीको जन्म दिन मनाइन्छ ।

बसन्त पञ्चमीको दिन पहेँलो रंगको विशेष महत्व हुन्छ । पहेँलोलाई बसन्तको प्रतिक मानिन्छ । बसन्त ऋतुलाई सबै मौसमहरुमध्ये ठूलो मानिन्छ । यो मौसममा न गर्मी हुन्छ न जाडो, न बर्षा नै हुन्छ । रुख-बोटहरुमा ताजा फल र फुलहरु लाग्छन् । चारै तर्फ हेर्दा प्रकृति बेहुली झैं सिंगारिएको देखिन्छ ।

कामदेवको पूजा

स्वस्थ्यको दृष्टिकोणले पनि यो ऋतु निकै अनुकुल मानिन्छ । मानिसका साथसाथै पशुपंक्षीहरुमा नयाँ चेतनाको सञ्चार हुन्छ । बसन्तलाई प्रेमको देवता कामदेवको मित्र मानिन्छ । यस ऋतुलाई काम बाणका लागि अनुकुल मानिन्छ । यो दिन पवित्र नदीहरुमा स्नानको विशेष महत्व हुन्छ ।

बसन्त पञ्चमीको दिन केही मानिसहरु कामदेवको पनि पूजा गर्छन् । पहिले-पहिले राजा हात्तीमा चढेर नगरको भ्रमण गर्दै देवालय पुगेर कामदेवको पुजा गर्थे । पौराणिक मान्यताअनुसार बसन्त कामदेवको मित्र हो । त्यसैले कामदेवको धनुष फुलले बनेको हुन्छ ।

जब कामदेवले तीर छोड्छन्, यसमा कुनै आवाज आउँदैन । त्यसैले आजको दिनलाई फुल तथा प्रेम र प्रकृतिसँग जोडेर पनि हेरिन्छ । यस दिन रतिको पनि पूजा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment