Comments Add Comment

काभ्रेको घरघरमै आइपुग्छन् चोरीका बाइक

चेकिङ छल्दै सहायक राजमार्गबाट यसरी भित्रन्छन्

८ माघ, बनेपा । इलाका प्रहरी कार्यालय बनेपाले गत सोमबार बनेपाबाट मोटरसाइकल चोरी गर्दै गर्दा एक व्यक्तिलाई पक्राउ गर्‍यो ।

शीर मेमोरियल हस्पिटल नजिकैबाट चोरी गर्दै गर्दा महाभारत गाउँपालिकाका युगान्त थिङलाई पक्राउ गरी मुद्दा चलाएको छ ।

उनले शनिबार बनेपाबाटै बा ८० प ८८३६ नम्बरको मोटरसाइकल चोरेर नयाँबस्तीमा लुकाएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालयका प्रमुख सुनिलजंग शाहले बताए ।

इलाका प्रहरी कार्यालय बनेपामा असारयता मात्रै १५ वटा मोटरसाइकल चोरीको निवेदन दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयमा १० वटा उजुरी परेका छन् ।

काभ्रेमा बनेपा, धुलिखेल, पनौतीबाट महंगा मोटरसाइकल हराउने गरेका छन् । अस्पताल, कलेज र सार्वजनिक पार्किङ स्थलबाट मोटरसाइकल हराउने गरेका छन् ।

कसरी हुन्छ चोरी ?

मोटरसाइकलको लक गरिएको हृयान्डललाई मास्टर चाबीले खोलेर चोरहरुले लैजाने गरेका छन् । कुनै कुनै मोटरसाइकलको लक नै भााचेर पनि लैजाने गरेको छन् ।

धेरै मान्छेको चाप हुने स्थानमा मोटरसाइकल चोरहरुले निगरानी गरिरहने र मान्छे व्यस्त भएको मौका छोप्ने गरेको जिल्ला प्रहरीका कार्यालयका डिसपी महेन्द्रप्रसाद मरासिनीले बताए ।

नाकामै प्रभावकारी छैन चेकिङ

काठमाडौंमा दैनिक दर्जनबढी मोटरसाइकल चोरीका निवेदन प्रहरीकोमा पर्छ । काठमाडौंमा चोरी भएको मोटरसाइकल चोरहरुले राजधानी नजिकैको जिल्लामा सहजै भित्राउनेे गर्छन् ।

काभ्रेमा चोरीको मोटरसाइकल सहायक राजमार्ग हुदै भित्रने गर्छ । राजमार्गको मुख्य चेकिङ हुने साागा र भक्तपुरको जगातीमा रातको समयमा मापसे मात्रै चेकिङ हुने गर्छ । यो बेलामा चोरीको मोटरसाइकल काभ्रे ल्याउन सहज हुने गरेको छ ।

अरनिको राजमार्गको सहायक राजमार्ग ग्वार्को कुशादेवी मार्ग र जगाती नाला मार्गमा प्रहरीको चेकिङ खासै हुदैन । यही चेकिङ नहुने मार्ग चोरहरुका लागि सहज हुने गरेको छ ।

काठमाडौबाट सस्तोमा घर घरमा आइपुग्छ बाइक

पाँचखालका कृष्ण केसीलाई केही साताअघि इन्द्रे भनिने व्यक्तिले ८४ लटको मोटरसाइकल ४० हजार रुपैयाँमा किन्न प्रस्ताव गरे । केसीले नमानेपछि इन्द्रेले १५ हजारमै मोटरसाइकल दनि तयार भएका थिए ।

त्यस्तै, रोशी गाउापालिका रवीनकुमार लामालाई पनि पटक पटक सस्तोमा मोटरसाइकल किन्ने अफर आउने गरेको छ । तेमालका स्थानीय युवाहरुका लागि पनि फेरी फेरी सस्तोमा मोटरसाइकल चढ्ने अवसर आउने गरेको स्थानीय महेन्द्र तामाङले बताए ।

चोरीको गिरोहसम्म पुग्दैन प्रहरी

काभ्रेको बनेपा, धुलिखेल आसपासमा विशेष गरी जिम्मी लामाको जिम्मी समूहको सक्रियतामा मोटरसाइकललगायतका सामग्री चोरी हुँदै आएको छ । जिम्मीलाई जिल्ला अदालत काभ्रेले केही महिना कैद फैसला सुनाएको थियो ।

सिन्धुपाल्चोकका जिम्मीको समुहमा ६ जना युवाहरु सक्रिय रहेका छन् । चोरहरुको सञ्जाललाई प्रहरी पक्राउ गर्न नसकेको भए पनि चोरीको अभियोगमा एक/दुई जना जनालाई पक्राउ गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment