Comments Add Comment

विवेकशील साझाले तोक्यो कांग्रेसको उम्मेदवार !

१० माघ, काठमाडौं । नेपाली कांग्रेसले राधेश्याम अधिकारीलाई प्रदेश ३ को खुलाबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनायो । उनी कांग्रेस कार्यकर्ता मात्र होइनन्, वरिष्ठ अधिवक्ता पनि हुन् र कांग्रेसकै कोटामा दुबै संविधानसभामा मन्त्रिपरिषदबाट मनोनित सभासद पनि बने ।

तर, यो पटक भने कांग्रेसभन्दा विवेकशील साझा पार्टीको रोजाइका कारण अधिकारीले राष्ट्रियसभा सदस्यको टिकट पाएको नेताहरुले बताएका छन् ।

विवेकशीलले कुनै पनि स्थानीय तहको प्रमुख उपप्रमुख जितेको छैन । प्रदेशतर्फ ३ मा समानुपातिकतर्फ ३ सिट पाएको छ अर्थात उसँग १४४ (४८×३) मत छ । र, राष्ट्रियसभामा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ ।

स्रोतका अनुसार कांग्रेसले विवेकशील साझाकै चाहनामा राधेश्यामलाई टिकट दिएको हो ।

वार्ताकारहरुका अनुसार विवेकशील साझाले केदारभक्त माथेमालाई उम्मेदवार बनाउन प्रस्ताव गरेको थियो । तर, माथेमाले उम्मेदवार हुन मानेनन् । त्यसपछि विवेकशील साझाका नेताहरुले ‘तपाईहरुले यस्तो उम्मेदवार उठाउनुस्, जसलाई हामी ले पनि भोट दिन सकियोस्’ भने ।

कांग्रेस नेताहरुको प्राथमिकतामा काठमाडौं सभापति सबुज बानिया र भक्तपुरका सभापति दुर्लभ थापाको थिए । यो नाम विवेकशील साझाले मानेन ।

बरु प्राध्यापक कृष्ण खनाललाई अघि सारे । तर, खनाल स्वयंमले उम्मेदवार बन्न नचाहेपछि राधेश्याम अधिकारी र नरहरि आचार्यको नाम आयो । विवेकशीलले स्वीकार गर्ने भएपछि राधेश्यामले टिकट पाए ।

विवेकशील साझाले पनि आफूहरुको सर्त स्वीकार गर्दै अधिकारीलाई उम्मेदवार बनाएकाले समर्थन गर्ने बताएको छ । पार्टीका प्रवक्ता सूर्यराज आचार्यद्वारा जारी विज्ञप्ति गरी कांग्रेसलाई समर्थन गर्ने बताएका छन् ।

प्रदेश ३ को महिलातर्फ भने कांग्रेसले धना खतिवडालाई टिकट दिएको छ । विवेकशील साझाले महिला उम्मेदवारबारे सर्त नराखेकाले कृष्ण सिटौलाको समूहको कोटामा उनले टिकट पाएको एक नेताले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment