+
+
Shares

राष्ट्रिय सभा चुनावको आचारसंहिता लागू

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १२ गते ८:००

१२ माघ, काठमाडौं । राष्ट्रियसभा निर्वाचनको आचारसंहिता शुक्रबारबाट लागू भएको छ । २४ माघमा हुने निर्वाचनको आचारसंहिता शुक्रबारबाट लागू भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन स्वच्छ, निश्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि आजदेखि आचारसंहिता लागू गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

सरकार, सरकारका मन्त्री, प्रदेश र स्थानीय तह, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सुरक्षा निकाय, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल, दलका भ्रातृ संगठन, उम्मेदवार, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षकलाई आचारसंहिता लागू हुने छ । सरकारी र निजी क्षेत्रका सञ्चारमाध्यामलाई समेत आचारसंहिता लागू हुने छ ।

आचारसंहिता लागू भएपछि भोट माग्न पाइँदैन ।

राष्ट्रियसभा चुनावका लागि बुधबार भएको मनोनयन दर्तामा ८३ जनाको उम्मेदवारी परेको छ । १७ जना भने निर्विरोध भएका छन् । ५९ सदस्यीय राष्ट्रियसभाका लागि हरेक प्रदेशबाट ८-८ जनाको दरले ५६ जना निर्वाचनबाट चुनिने र तीन जना सरकारको सिफारिसरमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?