+
+
Shares

बिरामी बोक्ने एम्बुलेन्स हिउँ खेल्न प्रयोग !

सुवास पण्डित सुवास पण्डित
२०७४ माघ १२ गते १६:२४

१२, माघ, चितवन । आपतकालीन सेवामा खटिनुपर्ने एम्बुलेन्सको परिभाषित काम र जिम्मेवारी नै हो । तर नारायणगढको नेपाल क्षयरोग निवारण संस्थाले सञ्चालन गरेको एम्बुलेन्स बिरामी बोक्न छाडेर युवायुवतीको एक समूहसहित हिउँ खेल्न गएको पाइएको छ ।

सरकारले उपलब्ध गराएको ना २ च २८९२ नम्बरको एम्बुलेन्स युवायुवती लिएर हिउँ खेल्न मकवानपुरको दामन गएको हो । एम्बुलेन्स चालक प्रदीप लामाले मकवानपुरको चुनियाँमा बिरामी छाड्न जाँदा हिउँ खेल्न आफन्त लिएर दामन पुगेको अनलाइनखबरसँगको कुराकानीमा स्वीकार गरे । उनले अन्य प्रयोजनका लागि भने एम्बुलेन्स नलगेको बताए ।

क्षयरोग निवारण संस्थाका सभापति दामोदार न्यौपानेले चालकबाट गल्ती भएको बताए । उनले चालकलाई खबर गरी तुरुन्तै एम्बुलेन्स संस्थाको कार्यालयमा बुझाउन भनिएको जानकारी दिए । ‘चालकको नियत पहिल्यैदेखि सफा थिएन, अरु बेलामा पनि घरपरिवारका सदस्य बोकेर हिँड्ने गरेका थिए’ न्यौपानेले भने, ‘एम्बुलेन्सको दुरुपयोग भएको देखियो ।’

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय झाले मानवीय सेवामा प्रयोग हुनुपर्ने एम्बुलेन्स अन्य प्रयोजनका लागि प्रयोग भएको पाइए सिज गर्न सकिने बताए । ‘यस बारेमा मैंले बुझ्दैछु, एम्बुलेन्सलाई जनस्वास्थ्य कार्यालयमा खडा गर्न लगाउँछु’ झाले भने । यस बारेमा प्रमुख जिल्ला अधिकारीसँग कुरा गरिसकेको उनले बताए ।

केही बर्षअघि क्षेत्री समाज चितवनले सञ्चालन गरेको एम्बुलेन्स रक्तचन्दनसहित समातिएको थियो । एम्बुलेन्स सञ्चालनका नाममा गलत धन्दा र काम गर्ने सोच भएका मानिसहरुकै कारण आपतकालीन सेवामा जुट्ने एम्बुलेन्सकै बदनामी भएको जनस्वास्थ्य कार्यालयका प्रमुख विजयकुमार झाले बताए ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?