+
+
Shares

अभिनेत्रीले भनिन्-‘फिल्मको अन्त्यमा मैलें आफुलाई योनीमा अवशोषित पाएँ’

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १७ गते ८:४०

अहिले बलिउडमा हलचल पैदा गरेको छ, फिल्म पद्यावतले । संजय लिला भन्सालीको यो फिल्म अनेक लफडा झेल्दै अघि बढिरहेको छ । फिल्मले चार दिनमा सय करोड (भारु) कमाई गरेको छ । जबकी भारतकै करिब चार वटा प्रान्तमा फिल्म प्रदर्शनमा रोक लगाइएको छ ।

भन्सालीको फिल्मले यस्तो कम्पन ल्याएको छ, जसले बलिउड हल्लाइरहेको छ । बलिउडमा पद्यावतलाई लिएर तर्क/विर्तक पनि चलिरहेको छ । अधिकांश बलिउडकर्मीले भन्सालीले ‘अकल्पनिय काम गरेको’ भन्दै तारिफ गरेका छन् । राजपुत करणी सेनाले चर्को बिरोध जनाइरहँदा पनि फिल्मको गति धिमा भएको छैन । न यसको, सौन्दर्य नै फिका छ ।

यसैबीच अभिनेत्री स्वारा भास्करले एक खुला पत्र लेखेकी छिन्, भन्सालीलाई लक्षित गर्दै । भन्सालीकै फिल्म ‘गुजारिस’मा सानो भूमिका निर्वाह गरेको अनुभव स्मरण गर्दै स्वारा भास्करले लेखेकी छिन्, ‘तपाईको भव्य फिल्मको अन्त्यामा मैले आफुले आफैलाई योनीमा अवशोषित भएको महसुष गरें ।’

उनको चित्त दुखाई के छ भने, महिलाले आफ्नो यौनिकता रक्षाका लागि आफैलाई समाप्त गरिएको तर्क ठिक छैन । ‘यो राम्रो हो कि, योनीको सम्मान गर्न सकियोस् । तर दुर्भाग्यवस् यस्तो भएन भने पनि स्त्रीले आफ्नो जीवन जिउन सक्छन् । उनले सजायको रुपमा मृत्युवरण गर्नु जरुरत छैन ।’

योनी भन्दा बाहिर पनि जीवन भएको उनको तर्क छ । उनी भन्छिन्, ‘बलात्कारपछि पनि एक जीवन हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?