+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

घुमाउनेबाट दमौली जोड्न पक्की पुल निर्माणको काम शुरु

सुवास पण्डित सुवास पण्डित
२०७४ माघ १७ गते १०:२९

१७ माघ, तनहुँ । चितवनको घुमाउनेबाट तनहुँको दमौली जोड्ने पक्की पुल निर्माणको काम शुरु भएको छ । १०५ मिटर लामो पक्की पुल त्रिशुली नदी माथि बन्ने भएको हो ।

नारायणगढ–मुग्लिन सडकखण्डको बीच भागमा घुमाउने भन्ने ठाउँ पर्दछ । यहाँबाट वुद्धसिंह मार्ग हुँदै दमौली जाँदा सडक २५ किलोमिटर छोटो हुनेछ । यो पुल बनेपछि तनहुँको सदरमुकाम दमौली, पोखरा, बाग्लुङ, पर्वत जानका लागि नत मुग्लिन नै पुग्नपर्दछ नत डुम्रे बजार नै ।

९ करोडको लगानीमा आगामी ४ वर्षभित्र पुल बनाइसक्ने गरी हेटौंडाको मृत सञ्जीवनी निर्माण कम्पनीलाई ठेक्का दिइएको सडक डिभिजन कार्यालय तनहुँका इन्जिनियर गौतम श्रेष्ठले जानकारी दिए । माघे संक्रान्ति अघिबाट पुल निर्माणको काम थालिएको इन्जिनियर श्रेष्ठले बताए ।

पुल फुटपाथसहित ११ मिटर चौडाइको हुने छ । डबल लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहने इन्जिनियर श्रेष्ठले बताए ।

यो पुल अत्याधुनिक प्रविधिको आर्क डिजाइनमा बनाइने छ । अहिले पनि तनहुँको दमौलीबाट घुमाउने घाटसम्म नियमित रुपमा साना बसहरु आउने–जाने गरेका छन् । तर पुल नहुँदा ती बसहरु नारायणगढ–मुग्लिन सडकखण्डसम्म आउन सक्दैनन् ।

तनहुँको सदरमुकाम दमौलीदेखि घुमाउनेसम्म जम्मा ३२ किलोमिटर छ । सेती नदीको किनारैकिनार घँमाउनेघाट, सराङघाट, मासीघाट, सुँढे, बेलबास हुँदै दमौली पुग्न सकिन्छ । यसलाई बुद्धसिंह मार्ग भनिन्छ । सामान्य ग्राभेल अवस्थामा रहेको यस मार्गको स्तरोन्नतीको काम भैरहेको छ ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?