+
+

सुव्रतको ‘सुश्री सम्पत्ती’मा प्रियंका पनि

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १७ गते १२:३५


निर्देशक सुव्रतराज आचार्यले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘सुश्री सम्पत्ती’मा नायिका प्रियंका कार्की पनि फाइनल भएकी छिन् । यो चलचित्रको लोकेशन फाइनल गर्नका लागि अहिले यसको निर्माण टिम पोखरा पुगेको छ । चलचित्रको सम्पूर्ण दृश्य पोखरामा नै खिचिनेछ ।

चलचित्रमा सलोन बस्नेत, सारा, विनोद न्यौपाने, प्रमोद अग्रहरि लगायतका कलाकार यस अगाडि नै फाइनल भैसकेका छन् । नायिका प्रियंका कार्कीको भूमिकाको बारेमा निर्देशक आचार्यले केहिपनि खुलाउन चाहेनन् । उनले, दर्शकले प्रियंकालाई चलचित्रमा फरक र विशेष भूमिकामा देख्न पाउने बताए ।

चलचित्रको निर्माण रमेश त्वयनाले गर्दैछन् । चलचित्रमा अर्जुन तिवारीको छायांकन, सुरेश अधिकारीको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहने पक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?