Comments Add Comment

दरबारमार्ग बलात्कार प्रकरण : महानगरीय प्रहरीले पनि बनायो छानबिन समिति

१७ माघ, काठमाडौं । काठमाडौंको दरबारमार्गमा भएको युवती बलात्कार प्रकरणको अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले प्रहरी उपरीक्षक (एसपी) पूर्णचन्द्र जोशीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

बुधबार जोशीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिमा एसपीद्वय राजेन्द्रप्रसाद चौधरी र राजेन्द्र विष्ट, डिएसपी सोमेन्द्रसिंह राठौर र सई प्रदीप अधिकारी छन् ।

कार्यालयका प्रमुख आयुक्त एआईजी जयबहादुर चन्दले घटनामा आफ्नो मातहतको प्रहरी अधिकारीकै संलग्नता रहेको भनी सार्वजनिक रुपमा कुरा आएपछि त्यस विषयको छानविन गर्नु मेन्ट्रोको दायित्व भएकाले समिति बनाइएको बताए ।

यसअघि काठमाडौं प्रहरी परिसरले समेत प्रहरी उपरीक्षक रामदत्त जोशीको नेतृत्वमा छानबिनका लागि समिति गठन गरेको थियो ।

गत बिहीबार राति दरबारमार्गको होटल ल्याण्डमार्कमा एक युवती सामूहिक बलात्कारको सिकार भएकी थिइन् । घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएपछि आर्थिक लाभमा महानगरीय प्रहरी वृत, दरबारमार्गले ती अभियुक्तलाई छाडेको आरोप लागेको छ ।

वृतका डिएसपी अहिले काठमाडौं प्रहरी परिसर तानिएका छन् भने प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीलाई थुनामा राखिएको छ । उनलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणको थुनामा राखेर अनुसन्धान भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment