+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
९० बलमा १४५ रन आवश्यक
चितवन राइनोज 2025
25/2 (4.6)
Shares

युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने गिरोह ठमेलबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १८ गते १८:२८

१८ माघ, काठमाडौं । प्रहरीले भारतको नयाँ दिल्ली हुँदै क्यान्डा, जापान र युरोपका विभिन्न मुलुकहरुमा पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने गिरोहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गुल्मीको मुसीकोट–१ घर भइ काठमाडौंको गल्कोपाखा बस्दै आएका ३४ वर्षीय नारायण घिमिरे, रुपन्देहीको कालिकानगर–१३ घर भइ गल्कोपाखामै बस्दै आएका ३६ वर्षीय झपेन्द्र थापा मगर, अर्घखाँचीको छत्रदेव गाउँपालिका घर भइ हाल गौरीघाट बस्दै आएका २८ वर्षीय अर्जुन अर्याल, भारतको उत्तर प्रदेशका ३० वर्षीय सन्दिप सिंह र दार्जिलिङको सिलगुढीका ३७ वर्षीय रोनाल्ड गहतराज छन् ।

विशेष सुराकीका आधारमा महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ठमेलस्थित एक होटलमा पक्राउ गरेको हो ।

उनीहरुको साथबाट विभिन्न व्यक्तिको नेपाली राहदानी १९ थान, बंगलादेशी राहदानी २५ थान, भारतीय राहदानी १ थानसहित अन्य विभिन्न कागजातहरु बरामद भएको थियो ।

पक्राउ परेका मध्ये भारतीय नागरिक रोनाल्डले ग्लोबल ट्रेडिङ कन्सल्टेन्सी र नारायणले पुतलीसडकमा रहेको निकिता ग्लोबल बन्सल्टेन्सीमार्फत ठगी गरेको खुलेको छ ।

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?