Comments Add Comment

प्रदेश २ को प्रदेशसभा बैठकः सहिदको तस्वीर खोज्दै हंगामा

२१ माघ, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको पहिलो बैठक सुरु हुनासाथ अवरुद्ध भएको छ । राजपाका सांसदहरुले मधेस आन्दोलनका सहिदका तस्वीर नराखेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् ।

पहिलो बैठक सुरु हुनासाथ राजपा सांसद मनिष सुमनले मधेस आन्दोलनका सहिदहरुको फोटो राख्न माग गर्दै विरोध गरेका हुन् । सभामुखको आसन अगाडि जनआन्दोलनका सहिदहरुको तस्वीर राखिएको छ । त्यहाँ मधेस आन्दोलनका सहिदको तस्वीर किन राखिएन भन्दै सुमनले आपत्ति जनाए ।

लगत्तै राजपा सांसद डिम्पल झाले मधेसका सहिदको तस्वीर नराखेसम्म बैठक अघि नबढ्ने बताएछि सांसदहरु आआफ्नो स्थानबाट उठे ।

मधेस केन्द्रित दलका सांसदहरुले विरोध जनाइरहँदा एमाले सांसदहरुले बैठक अवरुद्ध गर्न नपाइने भन्दै आपत्ति जनाए ।

एमाले र मधेस केन्दि्रत दलको वेग्लावेग्लै विरोधले संसद बैठकको प्रारम्भमै हंगामा हुने संकेत दियो ।

तर, जेष्ठसदस्यको हैसियतमा सभा चलाइरहेका ललन चौधरीले अर्को बैठकमा मधेस आन्दोलनका सहिदहरुको तस्वीर राख्न रुलिङ गरे । योसँगै मधेस केन्द्रित दलहरु बैठक अघि बढ्न दिन तयार भए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment