+
+
Shares

भोटेबहालबाट ५ लाख नगद र १६ तोला सुनसहित हुण्डी कारोबारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २१ गते १२:०४

२१ माघ, काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–२१, भोटेबहालबाट हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भइ कीर्तिपुर बस्दै आएका २५ वर्षीय आशिस कार्की छन् ।

महानगरीय प्रहरी वृत, जनसेवाका डिएसपी मोहनकुमार थापाले कार्कीलाई ५ लाख ६५ हजार रुपैयाँ नगद र १६ तोला सुनसहित पक्राउ गरिएको बताए । कार्कीलाई शनिबार बेलुकी पक्राउ गरिएको हो ।

कार्की सवार बा ८५ प ७६५८ नम्बरको मोटरसाइकललाई चेक गर्दा उनले बोकेकोे झोलाबाट उक्त रकम र सुन बरामद गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?