२३ माघ, काठमाडौँ । लागूऔषध नाइट्राजेपाम ट्याब्लेट बिक्री बितरण गर्ने काठमाडौंको लाजिम्पाटस्थित एक फार्मेसी सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लाजिम्पाटस्थित सन्देश फार्मेसीका सञ्चालक ३६ बर्षीय बुद्ध बज्राचार्य छन् ।
प्रहरीले उनलाई नाइट्राजेपाम ट्याब्लेट बिक्री वितरण गर्ने गोदावरी–१३, ललितपुरका ३८ वर्षीय विश्वनाथ खत्री समेत सोमबार पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले बज्राचार्यलाई फार्मेसीबाट नाइट्राजेपाम ८० ट्याव्लेटसहित पक्राउ गरेको थियो ।
त्यस्तै, खत्रीलाई काठमाडौँ–१७, क्षेत्रपाटीबाट नाइट्राजेपाम ४ सय १० ट्याव्लेट र बा.६९ प १७७८ नम्वरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।