२९ माघ, सुर्खेत । प्रदेश ६ को सभामुखमा राजबहादुर शाही चयन भएका छन् । आज बसेको प्रदेश संसदको दोस्रो बैठकले शाहीलाई सभामुखमा चयन गरेको हो ।
सभामुखमा शाहीको एकल उम्मेदवारी परेको थियो । शाही एमालेका तर्फबाट दैलेख क्षेत्र नं. २ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
सभामुख शाहीलाई आजै अपराहन्न ४ बजे प्रदेश प्रमुख दुर्गाकेश खनालले सपथग्रहण गराउने कार्यक्रम तय गरिएको छ ।
बैठक आगामी फागुन ५ गते उपसभामुख चयन गर्ने गरी ४ गतेसम्मका लागि स्थगित भएको सांसद ठम्मर बिष्टले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4