Comments Add Comment

एनआरएन महिला फोरम स्विट्जरल्याण्डले नारी दिवस मनाउने

स्वीटजरल्याण्ड । अमेरिकामा कपडा उद्योगमा काम गर्ने मजदुर महिलाहरुले सम्मान काम, समान ज्याला लगायत महिलासँग सम्बन्धित अधिकारको आवाज उठाउँदै गरेको संघर्ष सफल भएको दिनको सम्झनामा विश्वभरका महिलाहरुले नारी दिवस मनाउने गरिन्छ ।

हरेक बर्ष मार्च ८ तारिकमा हुने नारी दिवस नेपाली महिलाहरुले पनि विभिन्न ठाउँहरुमा नारीको हकहित, चेतना र समानता लगायत विभिन्न महिला अधिकारका बिषयहरु समेटी कार्यक्रमहरु गरि मनाईने गरिएको छ ।

गैरआवसीय नेपाली संघ महिला फोरम स्वीटजरल्याण्डले आउँदो मार्च १० मा १०८ औं अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम भब्यरुपमा मनाउने भएको छ ।

वर्तमान अवस्थामा एनआरएन स्वीटजरल्याण्डले अन्य देश भन्दा पृथक र रचनात्मक कृयाकलापहरु एक पछि अर्को इतिहास रच्दैँछ । चार फेब्रुअरीमा भएको दूतावास तथा विभिन्न संघसंस्थाहरुको अन्तरक्रिया कार्यक्रममा नारी दिवस एनआरएन स्वीटजरल्याण्डको महिला फोरमले मनाउने सहमति भएको थियो । अघिल्ला वर्ष पनि महिला फोरमले नै कार्यक्रम गर्दै आइरहेको छ ।

महिला फोरमकी संयोजक सुभा एल्मर लामाको संयोजकत्वमा १०८ औं अन्तराष्ट्रिय नारी दिवस मनाउने भएको हो । अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ मा मनाएतापनि स्वीटजरल्याण्डमा भने सार्वजनिक बिदाको अवसर पारेर मनाइन्छ ।

लामाको अनुसार यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम महिला जागरणको साथ साथै केही परियोजनालाई सफल बनाउन आर्थिक सहयोग जुटाउने उधेश्य समेत रहेको जानकारी दिए ।

उक्त कार्यक्रममा नेपाली दुतावासका प्रतिनिधि, नारी समाज पोर्चुगलकी अध्यक्ष तथा एनआरएन महिला फोरम पोर्चुगलकी संयोजक सीता बराल त्यस्तै नारी समाज पोर्चुगलकी महासचिव मीना खरेलको बिशेष उपस्थिति रहने छ ।

बिशेष गरी कार्यक्रममा महिलामाथि हुने हिसांको समाधान र अन्त्य लगायतका विषयमा छलफल तथा अन्तरक्रया समेत हुने भएको छ ।

कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा नेपाली सांस्कृतिक झल्कने नृत्य पनि प्रस्तुत गरिने छ । कार्यक्रममा प्रवेश शुल्क निःशुल्क राखिएको छ भने खानाको २० फ्रयांक र विद्यार्थी तथा १६ वर्ष मुनिकालाई ५० प्रतिशत कम गरिएको छ ।

स्वीसमा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरुका प्रतिनिधि, ब्यापारी, विद्यार्थी, पत्रकार लगायत स्वीसमा रहेका सम्पूर्ण उपस्थित हुन अपील गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment