+
+
Shares

२४ जिल्लामा १२ गतेबाट हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइदै

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ९ गते ११:५९

काठमाडौं । नेपालका २४ जिल्लाका करिब ९१ लाख ५४ हजार जनसंख्यालाई यस वर्ष हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने भएको छ ।

सन् २०२० सम्ममा नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने कार्यक्रम अन्तर्गत यस वर्ष पाँचथर, इलाम, झापा, भोजपुर, धनकुटा, मोरङ्ग, उदयपुर, लमजुङ्ग, पर्वत, बागलुङ्ग कपिलवस्तु लगायतका २४ जिल्लामा यही फागुन १२, १३ र १४ गते हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यसका लागि महाशाखाले कुल ३८ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गर्नुका साथै आठ हजार ५५७ स्वास्थ्यकर्मी तथा ४४ हजार ५ सय २४ जना स्वंयसेवक परिचालन गरिएको महाशाखाद्धारा मंगलबार आयोजित ‘हात्तीपाइले रोग निवारणको लागि आम औषधि खुवाउने अभियान ०७४ पत्रकार-अन्रक्रिया कार्यक्रम’मा जानकारी दिइएको छ ।

‘सन् २०२० सम्ममा नेपालबाट हात्तीपाइले रोगको निवारण गर्ने लक्ष्य अन्तर्गत महाशाखाले यस वर्ष पनि देशभरका २४ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधी ख्वाउने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

जति छिटो जिल्लाहरुम्ाा यो कार्यक्रम पुर्‍याउन सकियो उति छिटो नेपालबाट हात्तीपाइले रोग निवारण गर्न सकिने हुदाँ उक्त कार्यक्रमलाई जनतासमक्ष प्रभावकारी ढङ्गले पुर्‍याउन सक्दो प्रयास गरिरहेका छौ ।’ इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले भने ।

विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार हाल विश्वका करिब ५२ देशका करिब ८५.६ करोड मानिस हात्तीपाइले रोगको जोखिममा रहेका छन् ।

सन् २०००सम्म विश्वका करिब १२ करोड मानिस यस रोगबाट संक्रमित रहेकोमा करिब ८ करोड मानिसहरुको अंगभंग भएको छ ।
हालसम्म ४९.९ करोड मानिसहरुले पूर्णरुपमा उपचार पाएकोमा ६७ अर्व मानिसलाई हात्तीपाइले विरुद्धको औषधी ख्वाइसकिएको छ ।

दक्षिण पूर्वी एसियाका १२ मध्य नौ देशहरुमा यो रोगको जोखिम रहेकोमा संसार भर जोखिममा रहेकामध्य करिब ६५ प्रतिशत मानिस यीनै नौ देखमा रहेका छन् ।

नेपालमा भने ६१ जिल्ला हात्तीपाइले रोगको जोखिममा रहेकोमा त्यसमध्य करिब दुईतिहाई जनसंख्या अझै पनि हात्तीपाइले रोगको जोखिममा रहेका छन् ।

त्यस्तै, नेपालको कुल अंपाङ्गतामध्य करिब ३० हजार अपाङ्गता हात्तीपाइले रोगकै कारण हुने गरेकोमा त्यसमध्य सबैभन्दा धेरै हाइड्रोशिलका विरामी रहेको महाशाखाको तथ्यांकमा उल्लेख छ ।

‘हाइड्रोशिलका विरामी धेरै भएकै कारण नेपाल सरकारले हाइड्रोशिलका विरामीको निःशुल्क शल्यकि्रया सुरु गर्दै आएको छ । जस अन्तर्गत हालसम्म नेपाल सरकारद्धारा सूचिकृत करिब ६४ वटा अस्पतालबाट करिब ७ हजार नौ सय ५६ विरामीहरुले हाइड्रोशिलको शल्यकि्रया गरिसकेका छन् ।

यसका लागि महाशाखाले प्रति विरामीका दरले अस्पताललाई छ हजार रुपैया समेत उपलब्ध गराउँदै आएको छ ।’ महाशाखाका निर्देशक डा. आचार्यले बताए ।

के हो हात्तीपाइले रोग ?

लिम्फाटिक फाइलेरिया भनेर चिनिने हात्तीपाइले रोग सरुवा रोग हो । मसिनो धागो आकारको एक प्रकारको जुकाबाट यो रोग लाग्छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा यो रोग लाग्छ । तीन प्रकारका परजीवीबाट लाग्ने हात्तीपाइले रोग नेपालमा भने उच्चेरेरिया बाँन्क्रोˆटी परजीवीको संक्रमणबाटै हुने गरेको पाइएको छ ।

विशेषगरी, मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्ष पछि मात्र यस रोगका लक्षणहरु देखिने गर्दछ । यो रोग एक पटक देखिइसकेपछि फेरी निको पार्न सकिदैन । हात्तीपाइले रोग बाहिर नदेखिँदै वर्षमा एक पटकको दरले छ वर्षसम्म आम औषधी सेवन गरेको खण्डमा यो रोग सर्ने प्रकि्रयालाई पूर्णतया रोक्न सकिन्छ । साथै, रोगीहरुलाई अंगभंग हुनबाट जोगाउन सकिन्छ ।

हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामै यसलाई निको पार्न महाशाखाले यो रोगको जोखिम भएको सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सन् २००३ बाट यो कार्यक्रम सुरु गरिएसगै नेपालमा हात्तीपाइले रोगीहरुको विद्यमान दर १३ प्रतिशतबाट झरेर एक दशमलव ४७ प्रतिशतमा कायम भएको छ । नेपालबाट हात्तीपाइले रोग निवारण गर्नका लागि नेपालबाट हात्तीपाइले रोगको दर एक प्रतिशत भन्दा कम हुन आवश्यक छ ।

कार्यक्रम प्रभावकारी बनाउन चुनौती

नेपालमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न चुनौती देखिएको छ । कार्यक्रम कार्यान्वयनमा चुनौती भएका कारण अहिलेसम्म पनि नेपालका केही जिल्लाहरुबाट हात्तीपाइले रोग निवारण गर्न सकिएको छैन ।

कपिलबस्तु आठ पटकसम्म तथा बारामा छैटौ चरणको औषधि सेवन कार्यक्रम सञ्चालनका बाबजुद ती जिल्लाहरुमा हात्तीपाइले रोगीहरुको संख्या उच्च देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुुसार ती जिल्लाहरुमा औषधि खुवाउने कार्यक्रमका बाबजुद रोगीहरु देखिएपछि कपिलबस्तुमा नवौ पटक तथा बारामा सात र आठौ पटक औषधि खुवाउन लागिएको हो ।

यससँगै, नेपालका ६१ जिल्लामध्य २४ वटा जिल्ला निवारणको चरणमा पुगेको छ । बाँकी ३७ जिल्लामा यस अघि नै हात्तीपाइले रोग निवारण भैसकेको छ ।

‘ नेपालका ६१ जिल्लामध्य ३७ वटामा जिल्लामा रोग निवारणको प्रगति हेर्दा सन्तोष गर्ने ठाउँ धेरै छद्धन् । तर कुनै कुनै जिल्लामा प्रभावकारी रुपमा औयाधी सेवन भएको छैन भन्ने कुरा पन यिो तथ्यांकले देखाएको छ ।’ उनेल भने ।

विशेषगरी, ग्रामीण भेगको तुलनामा शहरी क्षेत्रमा बसोवास गर्ने मानिसहरुमा रहेको हात्तीपाइले विरुद्धको औषधिलाई लिएर परेको भ्रमका कारण पनि ती क्षेत्रमा औषधि सेवन गर्नेको संख्या न्यून रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?