Comments Add Comment

गायक जीवन शर्माले विद्यालयलाई २५ हजार सहयोग गरे

९ फागुन गुल्मी । जनगायक जीवन शर्माले गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घाको त्रिभुवन माविको लागि नगद २५ हजार सहयोग गरेका छन् । विद्यालयको स्वर्ण महोत्सवको अवसरमा गायक शर्माले सो रकम हस्तान्तरण गरेका हुन् ।

साँस्कृतिक कार्यक्रममा गीत गाउन आएका गायक शर्माले विद्यालयलाई गुल्मी कै नमूना गराउन र व्यवसायिक शिक्षा सुरु गर्ने उद्धेश्य पूरा गर्न भन्दै नगद हस्तान्तरण गरेका छन् ।

सर्वहारा जनताको पक्षमा गीत गाउने शर्माले कुर्घाको भुवाचिदि वजारमा रहेको विद्यालयलाई सहयोग हस्तान्तरण गर्दा स्थानीय सहयोगदाता समेत उत्साहित बनेका थिए ।

विद्यालयका शिक्षक निलम शर्माले कलाकार शर्माको कदमले स्थानीयलाई थप सहयोगको लागि प्रेरित गरेको बताए । गायक शर्मालाई विद्यालयको तर्फबाट मुसिकोट नगरपालिका उपप्रमुख कमला शर्मा लगायतले सम्मान गरेका थिए ।

६ दिनसम्म चलेको त्रिभुवन माविको स्वर्ण महोत्सव समारोह मंगलबार सकिएको छ । महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवि भण्डारीले गरेकी थिइन् ।

‘गुणस्तरीय प्राविधिक शिक्षा, नमूना विद्यालय हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित विद्यालयले स्वर्ण महोत्सवको अवसरमा गरेको आर्थिक अभियानमा १ करोड ९५ लाख संकलन भएको विद्यालयले जनाएको छ ।

वि.सं. २०२४ सालमा स्थापना भएको विद्यालय शैक्षिक सँगसँगै खेलकुद तथा अन्य विद्यामा समेत उत्कृष्ट विद्यालयको रुपमा प्रस्तुत हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment