२२ फेब्रुअरी, कतार । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका २३ नेपाली ७ महिनादेखि अलपत्र परेका छन् ।
काठमाडौंस्थित प्रिंस अन्तरराष्ट्रिय रोजगार सेवा प्रा.लिबाट ७ महिना अघि साउदी अरब पुगेका उनीहरू बिचल्लीमा परेका हुन ।
साउदी अरबस्थित इम्प्राटोर सोलुशन कन्ट्रयाक्टिङ इस्ट कम्पनीमा कामदारको रूपमा अएका उनीहरूलार्इ कम्पनीले अस्वीकार गरिदिएको छ ।
अएदेखि नै उनीहरूलार्इ अहिलेसम्म कम्पनीले न त खानाका लागि पैसा दिएको छ त ज्याला । २३ जना नेपालीहरू अहिले कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।
पीडित रामजतन कामती भन्छन,’आएको भोलिपल्टबाट काम आज दिन छु भोलि दिन्छु भन्दै आज ७ महिना बितिसक्दा पनि हामीले कम्पनीबाट केही पाएका छैनौ, हामीहरुको पनि घरमा बालबच्चा परिवारलाई छोडेर उनीहरुको उज्ज्वल भबिस्यको लागि बिदेश आइयो न त माम खान पाइयो न त काम ।’
उनले अफूहरू घर फर्कन चाहेको भएपनि कम्पनीले कुनै चासो नदेखाएको भन्दै दुःख व्यक्त गरे । उनले राम्रोसँग खाना खान समेत नपाएको बताएका छन् ।
केही राहत मिल्छ कि भन्ने हेतुले नेपाली दूतावासमा पटपट गएतापनि कुनै आश्वासन नपाएको र साउदी अरबको लेबरकोटमा सम्पर्क गर्दा पनि कुनै सुनुवाइ नभएकोमा पीडितहरुले बताए ।
पीडित मध्येका उमेश उरावले अफूहरूलार्इ पटकपटक पुलिसले पक्राउ गर्दै छोड्ने गरेको बताए । उनीहरूलार्इ प्रहरीले अहिलेसम्म ४ पटक समातिसकेको छ ।
म्यानपावरमा सम्पर्क गर्दा पनि कुनै सहयोग नपाएको भन्दै उनले एउटा सानो कोठामा अहिले सबैजना कष्टकर जीवन बिताउन बाध्य भएको बताए ।
पीडितहरुले सहयोग गरिदिनका लागि नेपाल सरकार तथा सम्बन्धित निकाय सबैलाई अपील गरेका छन् ।
पीडितहरुले नेपाल फर्कनका पहल गरिदिन विभिन्न सामाजिक संघसंस्थालार्इ समेत अग्रह गरेका छन् । पीडितहरूलार्इ +966 57 859 3786 नम्बरमा सम्पर्क गर्न सकिनेछ ।
अलपत्र पर्नेहरु
राम जतन कामती-सिरहा
युधिर कामती-लक्ष्मीपुर पतारी- १, सिरहा
रामकुमार उराव-महनौर अर्नामा-१,सिरहा
देबकुमार उराव-महनौर अर्नामा-१ सिरहा
परमेश्वर उराव-महनौर अर्नामा-१ सिरहा
प्रभातकुमार उराव-महनौर अर्नामा-१ सिरहा
सन्जू उराव-महनौर अर्नामा-१ सिरहा
रंजीत उराव-महनौर अर्नामा-१ सिरहा
संजयकुमार उराव-महनौर अर्नामा-१ सिरहा
नबीनकुमार उराव-महनौर अर्नामा-१ सिरहा
सगमलाल उराव-महनौर अर्नामा-१ सिरहा
मुनेश्वर उराव- बरहमपुरी अर्नामा-२ सिरहा
हेमन्ता उराव- भोक्राहा-४ सुनसरी
पबन उराव-भोक्राहा-४ सुनसरी
रामलाल उराव-भोक्राहा-४ सुनसरी
रंजीत उराव-भोक्राहा-४ सुनसरी
कालो उराव-भोक्राहा-४ सुनसरी
संदेब उराव- भोक्राहा-४ सुनसरी
पुष्पलाल उराव- गडही-४ सुनसरी
अशोककुमार उराव-गढ़ी-४ सुनसरी
सीताराम उराव-दुहबी-८ सुनसरी
बोवालाल उराव- रंगेली- २ मोरंग
उमेश उराव-बरहा- ८, सुनसरी
प्रतिक्रिया 4