Comments Add Comment

प्रदेश ६ को गृहमन्त्रालयले जनतासँग राय, सुझाव माग्यो

१० फागुन, सुर्खेत । प्रदेश ६ को आन्तरिक मामिला तथा कानून ‘गृह’ मन्त्रालयले प्रदेशलाई ‘समृद्धिका लागि शान्ति सुरक्षा’, ‘डिजिटल प्रदेश निर्माण’ र कानून सस्यौदा’ तयार गर्न जनताबाट राय सुझाव लिने भएको छ ।

प्रदेश मन्त्रिपरिषदको पहिलो बैठकले नै प्रदेश समृद्धिको लागि शान्ति सुरक्षालाई मुख्य आधार बनाउने र डिजिटल प्रदेश बनाउने निर्णय गरेपछि कार्यान्वयनका लागि मन्त्रालयले जनताबाट राय सुझाव मा गरेको हो ।

जनाताका राय तथा सुझाव संकलन गर्नका लागि मन्त्रालयले दुईवटा समिति गठन गरेको जनाएको छ । ती समितिहरुले राय सुझाव संकलन गर्ने र जनताका राय सुझावअनुसार कार्यदलहरुले काम गर्ने आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले जानकारी दिए ।

मन्त्रिपरिषद्का निर्णयहरु कार्यान्वयनका लागि गठन भएका कार्यदलहरुको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले राय, सुझावको आव्हान समेत गरेका छन् ।

अाम नागरिकले राय, सुझावका ०८३-५२०२६८ नम्बर र [email protected] मा पठाउन सक्ने मन्त्रालयले जनाएको छ ।

प्रदेश ६ प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुरेशविक्रम शाहको संयोजकत्वमा मन्त्रालयले ‘समृद्धिका लागि शान्ति सुरक्षा’ सम्बन्धी कार्यदल बनाएको छ भने डिजिटल प्रदेश निर्माण सम्बन्धी कार्यदल मन्त्रालयका उपसचिव भक्तबहादुर कार्कीको संयोजकत्वमा गठबन गरेको छ ।

यस्तै कानून मस्यौदा सम्बन्धी मन्त्रालयका कानून अधिकृत तुलसा गैह्रेको संयोजकत्वमा गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment