Comments Add Comment

पोखराबाट पक्राउ परेका सिउनलाई कोरिया इन्टरपोलको जिम्मा लगाइयो

१३ फागुन, काठमाडौं । पोखराबाट पक्राउ परेका कोरियाका मोस्ट वान्टेड अपराधी सिउन ओन लीलाई शनिबार राति कोरिया डिपोर्ट गरिएको छ ।

लीलाई पोखरा प्रहरीले ३ फागुनमा पक्राउ गरेको थियो ।

उनी अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेड कर्नर नोटिस जारी गरेको अपराधी हुन् ।

अध्यागमन विभागका निर्देशक कोशहरि निरौलाले उनलाई डिपोर्ट गरिएको पुष्टी गरे । ‘इन्टरपोलका अधिकारीहरुको रोहबरमा डिपोर्ट गरिएको हो’, उनले अनलाइनखबरसँग भने ।

स्रोतका अनुसार लीलाई लिन कोरियन इन्टरपोलका एक जना अधिकारीसहित थप दुई जना ‘डिटेक्टिभ एजेन्ट’ नेपाल आएका थिए ।

कोरियन इन्टरपोलको लिन्योग लीको नेतृत्वमा आएको टोलीले सिउनलाई शनिबार राति साढे ८ बजे कोरियन एयरलाइन्सको फ्लाइटबाट कोरिया लगेका छन् ।

नेपालस्थित इन्टरपोलको कार्यालयकी प्रमुख किरण बज्राचार्यका अनुसार सिउन आर्थिक ठगी मुद्दामा सन् २०१६ देखि खोजी सूचीमा थिए । साथै, उनी लागूऔषध कारोबारी समेत भएको स्रोत बताउँछ ।

उनी विभिन्न मुलुकका प्रहरीलाई छक्याउँदै नेपालसम्म आइपुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment