१७ फागुन, सिमरा । बाराको सिमरामा बसको ठक्करबाट बिहीबार साइकल यात्रीको मृत्यु भएको छ ।
पथलैयाबाट सिमरातर्फ आउँदै गरेको ना ७ ख ४२८ नम्बरको बसले जगदम्बा स्टिलको मूलगेट अगाडि ठक्कर दिँदा जितपुरसिमरा उपमाहानगरपालिका २ का ५० बषर्ीय भक्तबहादुर खड्काको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि अल्पाइन अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4