+
+
Shares

फेसबुकको विवादले विद्यार्थीको ज्यान गयो, ८ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २२ गते १३:३०

२२ फागुन, काठमाडौं । काठमाडौंको गंगबुस्थित गणेश हिमाल बोडिङ स्कुलमा पढ्ने एक जना विद्यार्थीको साथीहरुबाटै हत्या भएको छ ।

कक्षा १० मा अध्ययरत विद्यार्थी कुमार सूचीकार वर्देवाको हत्या भएको हो । यसअघि २७ माघमा तारकेश्वर नगरपालिका-४, फूलबारीमा उनलार्इ बेहोस अवस्थामा फेला पारिएको थियो ।

लगत्तै, उपचारका लागि वीर अस्पताल लगिए पनि उपचारका क्रममा दुर्इ दिनपछि मृत्यु भएको थियो ।

उनको हत्या आरोपमा ८ जना विद्यार्थी पक्राउ परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार विद्यार्थीले बनाएको फेसबुक ग्रुपको विषयलाई लिएर विवाद बढ्दै जाँदा उनकै साथीहरुले वर्देवाले कटपिट गरेर हत्या गरेका हुन् ।

थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?