+
+
WC Series
लुम्बिनी लायन्स 2025
44/1 (5.4)
VS
८६ बलमा ८९ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

आकर्षक जागिर पाउने लोभमा पर्दा ३३ लाख रुपैयाँ गुम्यो

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २३ गते १२:१७

२३ फागुन, काठमाडौं । लामालेस्पेन र पोर्चुगलमा आकर्षक जागिर लगाइदिने प्रलोभन दखाएर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको भिमफेदी घर भइ हाल काठमाडौं बस्दै आएका ३१ वर्षीय आर्यन लामा छन् ।

उनले खोटाङ निर्मली डाँडा–१ का निरकाजी बस्नेतसहित ४ जनालाई ३३ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ । विदेश नपठाएपछि पीडितले रकम फिर्ता माग्दा दुई सहकारीको चेक दिए पनि खातामा मौज्दात रकम नभएको खुलेपछि पीडितले उजुरी दिएका थिए ।

अनुसन्धानका क्रममा उनले दोलखा घर भएका मोहन प्रधान र कारसाङ तामाङलाई समेत कतार एयरवेजमा काम लगाइदिने भनेर ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको भेटिएको छ ।

थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?