+
+

मेलिना राईको फेसबुक अनुभवः गाउँले पहिरनमा लाइक–कमेन्ट धेरै

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २४ गते ९:२३

‘कुटुमा कुटु’ गीतबाट ख्याति कमाएकी गायिका मेलिना राईको फेसबुक पेज हालै मात्र ‘भेरिफाइड’ भएको छ । नक्कली पेजहरुले दुख दिन थालेपछि उनले आफ्नो सक्कली पेज भेरिफाइड गराएकी हुन् । मेलिनाले फेसबुक चलाउन थालेको पाँच वर्ष भयो । एकजना साथीले उनको फेसबुक आइडी बनाइदिएका थिए । सुरु–सुुरुमा फेसबुक कमै मात्र चलाउने उनलाई पछिल्लो समय भने राम्रैसित लत बसेको छ ।

उनी मोबाईल, ट्याब र ल्यापटपमा फेसबुक चलाउने गर्छिन् । फुर्सद भयो कि फेसबुक खोलिहाल्छिन् । गीत रेकर्डिङमा जाँदा र स्टेज शोमा गएको बेला कार्यक्रम सुरु नहोउन्जेल फेसबुकमा रमाउने बानी छ उनको । वेलुका सुत्ने बेलामा अनिवार्य जस्तै चलाउँछिन् । उनीसँग नियमित च्याटमा रमाउने साथीहरु भने २-३ जना मात्रै छन् ।

आफु कहाँ कुन कार्यक्रमका लागि गएको हो जानकारीसहित सन्देश पोस्ट गर्छिन् मेलिना । कुनै नयाँ ठाउँमा जाँदा वा सुटिङमा गएको वेला तस्विरसहित सन्देश पोष्ट गर्ने मेलिनालाई लाग्छ, ‘हरेक मान्छे गाउँसँग जोडिएको कुरा बढी मन पराउदा रहेछन् ।’

उनले आफ्ना थरिथरिका तस्विर पोस्ट गरेकी छिन् । फुल मेकअप गरेर ग्ल्यामरस ड्रेस लगाएकोदेखी खाँट्टी गाउँले भेषभुषासम्ममा । उनको अनुभवले भन्छ, ‘गाउँले परिवेशको फोटोमा धेरै लाइक र कमेन्ट आउछ ।’

सेल्फीको तुलनामा गाउसँग जोडिएको सामान्य तस्विरले धेरै कमेन्ट पाएको अनुभव गरेकी छिन् उनले । म्युजिक भिडियोसमेत दर्शकहरुले ग्रामिण समाजसँग जोडिएको हेर्न चाहेको उनले बुझेकी छिन् । उनलाई लाग्छ, ‘गाउँमा खिचिएको भिडियोलाई दर्शकले धेरै मन पराउँछन् ।’

अहिले त उनको फेसबुकमा अधिकतम संख्या पुगिसकेकाले फ्रेन्ड रिक्वेस्ट पठाउन मिल्दैन । बरु उनको पेजमा फलो गर्न चाहिँ मिल्छ । पहिले–पहिले अत्याधिक रिक्वेस्ट आउँथे । दिनमा १०० जनासम्मको । अहिले त्यत्तिकै संख्यामा पेजमा लाइक आउँछन् ।

मेलिनालाई फेसबुकमा म्यासेज पनि उत्तिकै आउँछ । धेरै म्यासेज उनले हेर्नै भ्याउँदिनन् । जव फेसबुकमा आफ्नो फलोइङ बढ्दै गयो, उनको नाममा खुलेका आइडी पनि धेरै हुन थाले । आफ्नै नाममा अरुले नै खोलेका आइडी हेर्थिन् । तीनमा प्रायः उनैले पोस्ट गरेको कुराहरु हुबहु हुन्थे । फोटो र सन्देश जस्ताको तस्तै कपि गरेर राख्थे ।

नक्कली आईडीको कारण कुनै पनि वेला समस्या पर्न सक्छ भनेर केही साथीहरुले उनलाई सुझाए । र, आइडी भेरीफाइड गराउन सल्लाह दिए । उनलाई पनि ठिकै लाग्यो । अनि, फेसबुकलाई रिक्वेस्ट गरिन् । फेसबुकले मागेको डकुमेन्ट उपलब्ध गराएपछि उनको फेसबुक भेरिफाइड भएको छ । उनको भेरिफाइड पेजमा हाल २ लाख १८ हजारले लाइक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?