+
+
Shares

धरौटी बुझाउन नसकेपछि कलाकार रोमा जेल चलान

गौरव पोखरेल गौरव पोखरेल
२०७४ फागुन २७ गते १८:२१

२६ फागुन, काठमाडौं । एक खुट्टाको भरमा नाचेर चर्चामा आएकी कलाकार रोमा न्यौपाने जेल चलान भएकी छन्।

जिल्ला अदालत, काठमाडौंले तोकेको ३६ लाख ५० हजार रुपैयाँ धरौटी तिर्न नसकेपछि उनी जेल चलान भएकी हुन् ।

अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले  न्यौपानेलार्इ उक्त रकम बराबरको धरौटी मागेको थियाे।

हाल उनलाई केन्द्रीय कारागार चलान गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले अनलाइनखबरलाई बताए । यसअघि २४ फागुनमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

रोमासहित उनका पति चिरञ्जीविविरुद्ध ३६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । उनका पति पक्राउ परे पनि रोमा भने फरार थिइन् ।

उनीहरूले भोल्युन्टर एसोसिएसन अफ डिसेबलिटिज (भीएडी) नामक संस्था खोलेर ‘भीएडी नेपाल लघुवित्त कार्यक्रम’ को नाममा लाखौं रुपैयाँ ठगी गरेका थिए ।

जिल्ला अदालतले २६ पुस २०७३ मा चिरञ्जीवीलाई दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय र साढे ३६ लाख विगो जरिवानाको फैसला सुनाएको थियो ।

रोमालाई २०७२ सालमा सरकारले युवा प्रतिभा तथा युवा उद्यमी पुरस्कार समेत प्रदान गरेको थियो ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?