+
+
Shares

महिला बेचबिखन न्युनिकरण गर्न डडेलधुरामा ‘एक रुपैयाँ’ अभियान

 आशिष मल्ल आशिष मल्ल
२०७४ फागुन २८ गते ९:२८

२८ फागुन, डडेल्धुरा । डडेल्धुरामा मानव बेचविखन र यौन शोषण न्युनिकरण गर्ने उद्देश्यले ‘एक रुपैयाँ अभियान’ सञ्चालन गरिने भएको छ । महिला सशक्तिकरणको क्षेत्रमा काम गर्दे आइरहेको गैरसरकारी संस्था समाज सेवा र मानव अधिकार महिला युवा सशक्तिकरणले अभियान सञ्चालन गर्न लागेको हो ।

‘एक लाखको खुसी एक रुपैयाँमा छ किनकि तपाईंको एक रुपैयाँले लाखौं मानिसको जीवन परिवर्तन गर्न सक्छ र उनीहरुलाई मद्दत गर्न सक्छ भन्ने मूल भावनाले अभियान सुरु गर्न लागिएको अधिकारकर्मी भावना ऐरले बताइन् ।

आगामी वर्षको बैश्ााखदेखि सञ्चालन हुने अभियानको नेतृत्व दलित महिला संघलेे लिनेछ । यस्तै अन्य सरोकारवाला निकाय, युवा समिति, युवासञ्जाल, महिलाअधिकारकर्मी तथा सामाजिक अभियान्ताहरुको संयुक्त समन्वय हुनेछ । अभियानवाट संकलित रकमले हिंसा न्युनिकरणका लागि बालबालिका, किशोरकिशोरी, महिला सञ्जाल, आमासमूहहरुलाई जागरुक गराउन विभिन्न कार्यक्रम गर्ने योजना रहेको ऐरले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?