+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मकैका रहरलाग्दो घोगा लाग्यो, दाना लागेन

सुरेश बिडारी सुरेश बिडारी
२०७४ फागुन २९ गते १५:३६


२९ फागुन, वीरगञ्ज । मकैको घोगामा दाना नलागेपछि पर्साको सखुवा प्रसौनी गाउँपालिका १ मधुवन मथवलका किसान मर्कामा परेका छन् । मधुवन मथवलको औराहा, सिद्धपुर सथवलमा लगाइएको करिब ३ बिगाहमा लगाएको मकैमा दाना लागेको छैन ।

दाना नलाग्दा झण्डै पौने पाँच लाख रुपैयाँको नोक्सान भएको किसानहरुको गुनासो छ । ‘बोटमा रहरलाग्दो मकैको घोगा भयो तर, घोगामा एउटा पनि दाना लागेन’ किसानहरु भन्छन् ‘मकै भित्र्याउने बेला हुन लाग्दा समेत दाना नभएपछि ट्रयाक्टर लगाएर जोत्नुको विकल्प देखिएन ।’

किसानहरुले मकैबाली जोतेर अर्को खेती गर्न शुरु गरेको दिनेश तिमिल्सिनाले जानकारी दिए । ‘चैतको पहिलो वा दोश्रो सातामा मकै भित्र्याइन्छ । घोगामा दाना नलागेपछि किसानहरुले जोतेर अर्को बाली लगाउन सुरु गरेका छन्’ उनले भने ।

किसानहरुले उन्नत जातका बन्नी, डे्रगन, श्रेस्ता, सिपी ८३८ नामक हाइबि्रड मकै रोपेका थिए । कृषि प्राविधिकको परामर्श अनुसार भिटामिन, मल, कीटनाशक औषधीको प्रयोग गर्नुको साथै आवश्यक सिञ्चाइको समेत प्रबन्ध गरिएको किसानहरु बताउँछन् ।

किसानले बाराको जीतपुर बजारमा रहेको किसान बिज भण्डारबाट मकैको बीउ किनेका थिए । बीउ बिक्रेता शिवनारायण चौधरीले मकैको बीउ आयातकर्तासँग कुरा गर्ने आश्वासन दिएको स्थानीय किसानले बताए ।

मकैमा दाना नलागेको गुनासो आएको जिल्ला कृषि कार्यालय पर्साका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्र सिन्हाले जानकारी दिए । ‘पहिला पहिला पनि मकैमा दाना नलाग्ने समस्या देखिएको थियो, त्यो समयमा मौसम अनुकुल नभएर दाना नलागेको बताइएको थियो ।

१० डिग्री सेल्सियस भन्दा कम तापक्रम लामो समयसम्म रह्यो भनेे यस्तो समस्या आउँछ’ उनले भने । तर यसको खास कारण के हो अनुसन्धान नगरी भन्न नसकिने उनले बताए ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?