Comments Add Comment

धेरै चर्चित भएको भन्दै विद्यार्थीलाई स्कुल छोड्न आदेश

‘आइस व्वाई’ को नामले चर्चित एक चिनियाँ बालकलाई उनी पढ्ने विद्यालयले निस्कन दवाब  दिएको छ । उनको अन्तर्वार्ता लिन दिनदिनै मिडियाको ओइरो लाग्नाले दिक्क भएर प्रधानाध्यापकले उनलाई स्कुल फेर्न भनेका हुन् ।

आठ वर्षीय बालक वाङ फुवान घरबाट टाढा रहेको झुआन्सान्बाओ स्कुलमा परीक्षा दिनका लागि ठण्डीमा कयौं माइल हिँड्नु परिरहेको कथा बाहिर आएपछि उनी सर्वत्र चिनिएका थिए । उनको कथा भाइरल भएपछि सहयोग जुट्यो र गत महिना उनी सिन्ह्वा स्कुलमा ट्रान्सफर भए ।

तर, त्यसको एक हप्तामै फुमानका बुवा वाङ गाङुकुईलाई प्रधानाध्यापकले बोलाएर उनको छोरालाई पुरानै स्कुलमा फिर्ता लैजान भनेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

‘म अशिक्षित छु र स्कुलले किन मेरो छोरालाई निकाल्न खोजेको हो बुझ्न सकेको छैन,’ वाङले गुनासो गरेका छन् ।

स्कुलका प्रधानाध्यापक याङले फुमानको चर्चाले गर्दा स्कुलले स्थानीय सरकारबाट निरीक्षणका लागि तथा मिडियाहरुबाट अन्तर्वार्ताका लागि अनुरोध आइरहेको बताए ।

‘सुरुमा मलाई केही थाहा भएन । तर पछि थाहा पाएँ कि फुमानलाई शिक्षा मन्त्रालयले सरकारको गरिबी न्यूनीकरण कार्यक्रम अन्तरगत सहायताका लागि छनोट गरेको रहेछ ।

सम्पूर्ण युन्नान प्रान्तमा यस्ता धेरै कम विद्यार्थीहरु छन्,’ याङ भन्छन्, ‘परिणामस्वरुप सरकारका धेरै निकायहरुले विद्यालयको निरीक्षणका लागि अनुरोध गरेका छन् । यसैगरी थुप्रै मिडियाहरुले अन्तर्वार्ताका लागि अनुरोध गरेका छन् । यस्ता अनुरोधहरु टार्न मलाई गाह्रो हुन्छ ।’

याङले सुरुमा आइस व्वाईलाई निशुल्क शिक्षाको अफर गरेका थिए । तर उनले सबै कुरालाई गोप्य राख्न खोजेका छन् ।

‘म आफ्नो स्कुललाई सामान्य अवस्थामै राख्न चाहन्छु, मिडियाको धुइरो लाग्ने ठाउँ बनाउन चाहन्न,’ उनी भन्छन् ।

क्षतिपूर्तिका रुपमा उनले बालकका बुवालाई १५ हजार युआन दिएका छन् । भविष्यमा पनि समस्या परेमा सहयोग गर्ने वचन पनि दिएका छन् ।

पैसा स्वीकार गरे पनि छोरालाई स्कुल छुटाउन गाङकुईलाई गाह्रो परिरहेको छ ।

उनी भन्छन्, ‘मलाई यो स्कुल मन परेको थियो । छोरो पनि खुशी भएर स्कुल आउँथ्यो । अब मैले यसलाई कहाँ लैजानु ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment