Comments Add Comment

माइक्रोम्याक्सले ल्यायो एक्स ४०९ बार फोन र क्यु ३५३ स्मार्टफोन

४ चैत, काठमाडौं । माइक्रोम्याक्सले एक्स ४०९ बारफोन र क्यु ३५३ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ ।

माइक्रोम्याक्सको यो एक्स ४०९ मोडलमा १.८ इन्चको स्कृन जडान गरिएको छ भने,  फ्रन्ट र रियर क्यामेरा जडान भएको छ ।

यो फोनमा २ वटा सिमकार्डको प्रयोग गर्न सकिन्छ । उक्त फोनमा ८०० एमएचको ब्याट्री प्रयोग गरिएको छ । यसको अलावा एफएम रेडियो, भ्वाइसकल रेकडिङ, म्युजिक प्लेयर र भिडियो प्लेयर जडान भएको छ । यस फोनको बजार मूल्य १०२५ रुपैयाँ रहेको छ ।

कम्पनीले यो फोनमा १०० दिनसम्म फिर्तागर्न सक्ने ‘रिप्लेसमेन्ट वारेन्टि’ जारी गरेको छ ।

कम्पनीले बजारमा ल्याएको बजेट स्मार्ट फोनमा क्यु ३५३ हो, यस फोनमा १.३ गिगाहर्ज क्वाड कोर र १ जिबी र्‍याम रहेको छ । ५ इन्चको एचडी डिस्प्ले जडान भएको यस फोनमा ७२०ह१२८० पिक्सल रिजोलुसन रहेको छ ।

यो फोनमा २००० एमएचको ब्याट्री प्रयोग भएको छ । जसको प्रयोगले भिडियो हेर्न र गेम खेल्न सहज हुन्छ । यसमा रियर र प|mन्ट दुबै क्यामेरा ५ मेगा पिक्सलको जडान भएको छ । यसमा ७.० नुगट अपरेटिङ सिस्तमको जडान गरिएको छ ।

यसमा प्रसस्त स्टोरेज क्षमता रहेको छ । १ जिबी र्‍याम र ८ जिबी रोम रहेको यस फोनमा ३२ जिबीसम्मको मेमोरीकार्ड प्रयोग गर्न सकिन्छ । थि्रजी नेटवर्क सपोर्ट गर्ने फोनमा २ वटा सिमकार्डको प्रयोग गर्न सकिन्छ ।

माइक्रोम्याक्सको यो उत्कृष्ट प्रिमियम स्मार्टफोनहरु मध्येको एक, बहुप्रतिक्षित स्मार्टफोन क्यु३ एन्ड्रोयड बजेट स्मार्टफोनको पि्रमियम मूल्य ६ हजार ८२० रुपैयाँ मात्र तिरेर आफ्नो बनाउन सकिन्छ ।

यो बजेट स्मार्टफोन बजारमा आएका अन्य बजेट स्मार्टफोनहरु भन्दा उत्कृष्ट फोनमा पर्छ । जसले कुनैपनि समयमा कार्य दक्षतामा कमी आउन दिँदैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment