+
+
Shares

सशस्त्रमा जागिर लगाइदिने भन्दै ठग्ने नक्कली प्रहरी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ५ गते १३:५९

५ चैत, काठमाडौं । सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम असुल्ने युवती पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा तारकेश्वर–१०, लोकतान्त्रिक चोक बस्ने २७ वर्षीय मञ्जु बुढाथोकी छन् ।

उनले आफू सशस्त्र प्रहरी वलको प्रहरी सहायक निरीक्षक भएको भन्दै रकम असुल्ने गरेकी थिइन् । प्रलोभनमा पार्न उनले शसस्त्र प्रहरीको पोशाक लगाएको फोटो पनि देखाउने गरेकी थिइन् ।

उनीलाई महानगरीय प्रहरी वृत्त, बालाजुको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान थालेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीबाट हालसम्म ५ जना ठगिएको खुलेको छ ।

उनले काठमाडौंको वनस्थलीमा बस्ने राधा शाहीसँग जागिर लगाइदिने भन्दै १ लाख ४५ हजार रुपैयाँ लिएकी थिइन् ।

त्यस्तै, कपन बस्ने रेणुका भण्डारीसँग ५० हजार रुपैयाँ, विमला खड्कासँग १५ हजार, जुनाकुमारी खड्कासँग १२ हजार र मिना सुनुवारसँग १९ हजार रुपैयाँ लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?