६ चैत, काठमाडौं । दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त शैलेश कार्की पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गले उनलाई मंगलबार राति दरबारमार्गबाटै पक्राउ परेको हो । रामेछाप दुरागाउँ-३ घर भई धुम्बाराही बस्ने शैलेश कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शैलेशसहितको समूहले माघ पहिलो साता ल्याण्डमार्क होटलमा एक युवतीको बलात्कार गरेका थिए । बलात्कृत युवती उनको प्रेमिका भएको बताइएको छ । तर, होटलसँगै बसेका युवतीले आफू सामुहिक बलात्कारको शिकार भएको भन्दै भोलिपल्ट प्रहरी कहाँ उजुरी दिएकी थिइन् ।
दरबारमार्ग वृत्तले घटनाको छानविन गर्नुको साटो आर्थिक लेनदेनमा मिलापत्र गरेर पठायो । यो सूचना बाहिर आएपछि प्रहरी अधिकारी समेत कारबाहीमा परेका छन् भने प्रहरीले बलात्कार घटनाको अनुसन्धान अघि बढाएको थियो ।
यो पनि पढ्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4