+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रम केपी शर्मा ओलीज्यूलाई खुलापत्र

प्रसंग नेपाली पुँजी बजारको

राधा पोखरेल राधा पोखरेल
२०७४ चैत ८ गते १०:५६

आदरणीय प्रधानमन्त्री ज्यू ,
नमस्कार

तपाईं आज प्रधानमन्त्री हुनुहुन्छ । तपाईं प्रधानमन्त्री हुनुभएको दिन अरु जस्तै म पनि खुसी भएकी थिएँ । तपाईंलाई खादा र मालासहित बधार्इ दिन नपाए पनि मनमनै धेरै बधाइ दिएकी थिएँ । देशले हक्की र निडर नेता पाएकोमा खुशी थिए ।

मलार्इ लाग्थ्यो-  ओलीको मुखवाट निस्केको बाेली र बन्दुकवाट निस्केको गोली उस्तै हुन्, तर खै ?

कुरा सुरूवात गर्छु है त ।

केही महिनादेखि निरन्तर ओरालो लागेको नेपाली पुँजीबजार एकाएक आज २४ अंकले घटी यस वर्षको सर्वाधिक न्यून विन्दु १२३१ अंक कायम भएको छ । पुँजीबजारमा घटबढ हुने सामान्य प्रक्रिया नै हो । र, पुँजीबजारको व्यूटी नै यही हो, भन्नेहरुको पनि पुँजी बजारमा कमी छैन । तर यसो हुँदै गर्दा यहाँलाई विपक्षले लगाएको दाग वामपन्थी भनेका पुँजीबजारका लागि अभिसाप नै हुन्न भन्ने कुरा व्यावहारिक भएको छ ।

प्रमज्यू, यो बजारमा करोडपतिले मात्र होइन, साग बेच्नेले पनि लगानी गरेका छन् ! १००० को रकम १०० मा झर्ने हो भने के उनीहरुको मुखमा माड लाग्ला त ? हजुरकै मुखार विन्दुवाट झापाको एक चुनावी सभालाई सम्वोधन गर्ने क्रमामा भन्नु भएको थियो, ‘तपाईँहरु जो पुँजीबजारका लगानीकर्ता हुनुहुन्छ, धक फुकाएर लगानी गर्नुस्, चुनावपछि बन्ने वाम गठवन्धनको सरकारले पुँजीबजारको विकासको लागि कुनै कसर बाँकी राख्ने छैन । कम्युनिष्ट सरकार बनेपछि सेयर बजार झन् घट्छ भन्ने हल्ला फैलाइएको छ ।यो सबै भ्रम हो ।’

वाम गठबन्धनको सरकार बनेपछि पुँजी बजारले नयाँ छलाङ मार्नेछ । धेरैको अनुमान थियो, चमत्कार गर्नुहुनेछ । म पनि ढुक्क थिएँ, तर, आज म गलत सावित भएकी छु ।

तपाईंप्रतिको  आशा र विश्वास मान्छेमा जाग्दै थियो । तर, तपाईंप्रतिको विश्वास आज बिडम्बनामा बदलिएको छ । झन्डै झन्डै सिसा फुटेझैं टुक्राटुक्रा बन्न पुगेको छ ।

हामी बजार सुधारका कार्यक्रम ल्याउनेछौं । तपाईंहरु नआत्तिनुहोस् । हजुरको यस्ता आश्वासन आम लगानीकर्ताले यतिबेला झलझली सम्झिरहेका छन् ।

नेप्से निरन्तर ओरालो लाग्दा विशेष गरी साना र नयाँ लगानीकर्ता निकै चेपुवामा परेका छन् । उनीहरुको पीडाको कतैबाट पनि सुनुवाई हुन सकेको छैन । हाम्रो बजारमा पछिल्लो समय साना लगानीकर्ता र गृहिणीहरुको ठूलो समूह प्रवेश भएको छ । अझ भन्नौ‌ हामी जस्ता युवाको बजारमा लगानी गरी नेपालमै केही गरौं भन्ने  सोचका साथ विदेश मोह नै हराएको देख्दा मेरो मन रोमान्चित भएर आउँथ्यौं !

अझ पछाडि फर्किएर हेर्ने हो भने हजुर नै प्रम हुँदा ०७३/०४/१२ गते पुँजी बजारले आकाशनै छोएको थियो । त्यसवेला नेप्से इन्डेक्स १८८१ विन्दुमा थियो । हजुर जस्तो दूरदर्शी भिजन राख्ने व्यक्तिले यो कुरा हेक्का राख्नु पर्ने होइन र, प्रम ज्यू ?

कुनै दिनको चर्चाले तपाईँलाई लोकप्रियताको चुलीमा पुर्याएको थियो, तर आजको चर्चाले तपाईंलाई राजनीतिको सुली चढाउँदैछ !

त्यसैले आज सबै कुरा ओझेलमा पर्ने गरी तपाईंकै चर्चा छ सर्वत्र ।

बजारको वास्तविक प्रवृत्ति, लगानी गर्ने समयको बारेमा सामान्य नजर अन्दाज नहुँदा पनि नयाँ र साना लगानीकर्ता अधिक मारमा पर्ने गर्छन् । आखिर कहाँ गयो प्रधानमन्त्री ज्यू हजुरले बाँडेको  आश्वासन ? हजुरले यसो भन्दै गर्दा  यो भाषणबाट पुलकित भएका नेपाली पुँजी बजारका २० लाख लगानीकर्ता जनताहरुले अहिले आएर एमालेलाई भोट हालेर ठूलो गल्ती   गरिएछ भन्न थालेका छन् नि ?

युवाहरूले आफ्नै देशमा स्वरोजगार/रोजगार मागिरहेका छन् । महिलाले समानता र सुरक्षा खोजिरहेका छन् । नेपालमै  बसेर केही न केही गरौं भनेर पुँजी बजारमा हात हाल्नेको सपना डा. युवराज खतिवडा जस्तो पुँजीबजारको विरोधी व्यक्तिलाई अर्थ मन्त्रालय जिम्मा दिएर आम लगानीकर्ताको सपनालाई  चकनाचुर पारी फुटाइदिनु भयो होइन त ? उहाँले बीबीसीमा दिएको अन्तरवार्ता नै अभिसाप बन्न पुगिदियो !

२०६८ मा गभर्नर छँदा उहाँकै कार्यकालमा लगानीकर्ताले धेरै नै मार खेप्नुपरेको थियो । यसको अर्थ मैले विगतको कुरा गर्न लागेकी होइन; वर्तमानको पीडा यस पत्रमार्फत पोख्न लागेकी मात्र हो ।

दैनिक घरायशी खर्च कटाएर सेयर बजारमा लगानी गरेका उनीहरुको अवस्था झन् निकै दयनीय बन्दै गएको देखिन्छ । यस्तै भइरहे त धेरै जनाले सुसाइड गर्न बेर छैन् प्रमज्यू !

आफ्नो घरवारसँग सँगै आफूलाई समेत सिध्याउन बाध्य हुने छन् र यसले सारा दोष तपाइँ र तपाइँको पार्टीमा दाग लाग्नेछ ! रिसानी माफ गर्नुस् । सत्य बोल्ने साहस गर्नैपर्छ ।

अन्तमा हजुर जस्तो भिजन र मिसनका साथ अगाडि वढ्नु भएको राज नेताले २० लाख लगानीकर्तालाई मलम पट्टि लगाउन चाहनुहुन्छ भने श्वेत-पत्रमार्फत पुँजी बजारलाई समेट्नुस् प्रमज्यू , तपाईँसँग जनताको ठूलो अपेक्षा थियो तर  हाम्रो अप्ठेरोमा अट्टहास गर्ने शासक बन्नु भो होइन त ? अन्यथा हजुरलाई तमाम लगानीकर्ताले धिकार्ने छन् ।र भन्ने छन्, हामीलाई वाम गठवन्धनको सरकार चाहिएन , फोस्रा आश्वासन बाँड्ने सरकार मुर्दावाद !

समय निकै शक्तिशाली हुन्छ । समयले कसैलाई पर्खंदैन । नसम्झनु होला, यो परीक्षा विरोधीको मात्र हो, यो त नेपाली जनताले तपाईंमाथि लिँदै गरेको परीक्षा हो । के तपाईं परीक्षामा हामीले अपेक्षा गरेझैं खरो उत्रनु होला ? खरो उत्रनुहोस् शुभकामना छ तपाईंलाई ! शुभकामना मात्रै होइन, साथ पनि हुनेछ । आजलाई यति नै ।

हस् त नमस्कार ।

उही तपाईंकी अपरिचित बहिनी राधा पोखरेल ।

लेखक
राधा पोखरेल

अनलाइनखबरमा नियमित स्तम्भ लेख्ने युवापुस्ताकी लेखिका राधा पाेखरेल सामाजिक-राजनीतिक विषयमा केन्द्रित रहेर विशेषतः नारी एवं बालबालिकाकाे पक्षमा कलम चलाउँछिन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?