Comments Add Comment

मस्ती टकः‘अनमोलको शरीर मेरोभन्दा राम्रो छ’: प्रदिप खड्का(भिडियो कुराकानी)

जसिता भन्छिन्–‘मेरो आँखामा डुब्ने धेरै छन्’

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको जोडी अहिले चर्चामा छ । चैत्र ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लिलिबिली’मा एकसाथ काम गरेपछि यो जोडीलाई दर्शकले रुचाएका छन् । प्रदिप चलचित्र क्षेत्रमा जमिसकेका छन् भने जसिताको यो डेब्यू चलचित्र हो । अनलाइनखबरको ‘ओके मस्ती टक’मा कुराकानी गर्ने क्रममा प्रदिप र जसिताले निकै खुलेर कुरा गरे ।

सुरुमा जसितालाई भेट्दा उनको बानी ब्यहोरा आफूलाई निकै मन परेको प्रदिपले बताए । यता, जसिताले भने आफू प्रदिपको फ्यान भएकाले उनीसँग काम गर्न पाउँदा खुशी लागेको बताइन् ।

प्रदिप र जसितासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


‘मस्ती टक’मा रमाइलो गेम खेल्दै गर्दा यो जोडीले झगडा गर्यो, माया पनि गर्यो । रमाइलो कुराकानीमा जसितालाई हामीले सोध्यौ–‘तपाइलाई प्रदिप खड्का, अनमोल केसी र सलिनमान बनियाँमध्ये एक जनासँग बिहे, एक जनासँग डेटिङ, एक जनालाई साथी’ बनाउनुपर्यो भने कसलाई बनाउनुहुन्छ ?’ यसमा जसिताले प्रदिपलाई श्रीमान्, अनमोललाई साथी र सलिनलाई प्रेमी बनाउने बताइन् ।

यस्तै, नायक प्रदिप खड्कालाई हामीले तपाइले अहिलेसम्म काम गरेका चलचित्रका ३ नायिका पूजा शर्मा, अश्लेषा ठकुरी र जसिता गुरुङमध्ये को साथी, को प्रेमिका र को श्रीमति बन्न योग्य छन् भनेर सोध्यौ । जसमा प्रदिपले पूजालाई साथी, अश्लेषालाई प्रेमिका र जसितालाई श्रीमति बनाउने बताए । उनले, पूजालाई सम्हाल्न गाह्रो हुने भएकाले साथी नै बनाउने बताए । चलचित्रको नाम ‘लिलिबिली’ राखिएतापनि यो कसको नाम हो भन्ने अहिले खुलाउन नमिल्ने दुई कलाकारले सुनाए ।

प्रदिपले आफूलाई मिहिनेती कलाकार भन्दै ‘सुपरस्टार’ नायक अनमोल केसी भएको बताए । हामीले, जसितालाई ‘तपाई बाथरुममा २ जना नुहाउनु भएको छ ?’ भनेर सोध्यौ । यसमा उनले कस्तो जवाफ दिइन् होला ? यसका लागि तपाइले भिडियो नै हेर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment