+
+

बलात्कृत भएपछि युवतीले गरिन् आत्महत्याको प्रयास, धनुषाबाट समातिए पीडक

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १३ गते १४:३८

१३ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ९, तिलगंगामा एक युवतीले बलात्कृत भएपछि आत्महत्याको प्रयास गरेको खुलेको छ ।

यसअघि ११ साउनमा सिरहाली गेष्ट हाउसमा कार्यरत् २२ वर्षीय युवतीले विष सेवन गरेकी थिइन् । र, तत्कालै उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल पुर्‍याइएको थियो ।

उपचारबाट उनको स्वास्थ्यमा सुधार आएपछि प्रहरीलाई बयान दिँदै उनले आफू एक युवकबाट बलात्कृत भएपछि आत्महत्याको प्रयास गरेको बताएकी थिइन् । ‘कोही नभएको समयमा म बलात्कृत भएकी हुँ’, उनले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

उनकै बयानका आधारमा प्रहरीले बलात्कार आरोपित धनुषाको साबिक बहअर्वा–७ का २१ वर्षीय सुधिरकुमार कापरलाई प्रहरीले पक्राउ गरेको छ ।

झण्डै ८ महिनाअघिबाट फरार उनलाई आइतबार महानगरीय प्रहरी वृत्त, गौशाला र जिल्ला प्रहरी कार्यालय, धनुषाको समन्वयमा धुनुषाको धनौजीबाट पक्राउ गरिएको हो ।

प्रहरीले उनीमाथि जबरजस्तीकरणी अन्तरगत मुद्दा समेत चलाइसकेको छ ।

पक्राउ परेका उनलाई महानगरीय प्रहरी वृत्त, गौशालामा ल्याएर सोमबार थप कारबाहीका लागि जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइएको बृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम क्षेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?