मंगलबार, २९ साउन, २०७५
OnlineKhabar.com
Suzuki

मुख्यमन्त्री पोखरेलले सार्वजनिक गरे वेबसाइट र मोवाइल एप्स

Suzuki
टोपराज शर्मा

१४ चैत, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो वेबसाइट र मोबाइल एप्स सार्वजनिक गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री पोखरेलले वेबसाइट र मोबाइल एप्स सार्वजनिक गरे । प्रदेश सरकारमा सुशासन कायम गर्न र आफ्ना काम कारवाहीलाई पारदर्शी एवं उत्तरदायी बनाउने उद्देश्यले वेबसाइट र मोबाइल एप्स बनाइएको मुख्यमन्त्री पोखरेलले बताए ।

‘वेबसाइट र एपले प्रदेशवासी र मुख्यमन्त्रीको बीचमा एउटा गतिशील पुलको काम गर्ने छ भन्ने हामीले विश्वास लिएका छौं’ उनले भने, ‘सही तथा भरपर्दाे प्रयोगले नागरिकले स्वतःस्फुर्त रुपमा विकासका गतिविधिहरुको अनुगमन तथा मुल्याङ्कन गर्न सक्नेछन् । र नागरिक शासन प्रणालीलाई पारदर्शी र गतिशील बनाउन बल पुग्नेछ ।’

मुख्यमन्त्री सम्बद्ध गतिविधिहरु तत्काल पाउनुका साथै दोहोरो संवाद गर्नसक्ने व्यवस्था मिलाइएको छ । साथै मुख्यमन्त्रीसँग भेटघाटका लागि अनलाइनबाट समय लिने व्यवस्था गरिएको छ ।

यस्तै शंकर पोखरेल एप छ । यो हाल एन्डरोइड संस्करणमा उपलब्ध छ । एपमा पनि वेबसाइटमा जस्तै सबै बिषयवस्तु संलग्न गरिएको छ ।

२०७४ चैत १४ गते १५:२३ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

६ प्रतिकृयाहरू प्राप्त
  • kusan sharma लेख्नुहुन्छ    |   २०७४ चैत १४ गते १५:३३

    वेब साइट र apps,

    मुख्यमन्त्री र मन्त्रीहरुको फोटो,

    तिनले गर्ने भाषण र उद्घाटनले नभरियुन,

    जनताको सपना र ती सपना पुरा गर्न गरिएका सबै प्रयत्न,

    त्यस्मा अटाउन l

    5
    0
    Share

  • SUMAN लेख्नुहुन्छ    |   २०७४ चैत १४ गते १५:३३

    khoi link dinu paryo!

    3
    0
    Share

  • GK लेख्नुहुन्छ    |   २०७४ चैत १४ गते १६:०२

    भत्केका बाटोहरु पिच गर्न लाग्नुस मुख्य मन्त्री ज्यु,
    तपाईंको मोबाइल एपले दुर्गमका गरीब जनतालाई मोबाइलबाट नै रासन प्रदान गाह्रोस शुभकामना ।

    2
    0
    Share

  • GK लेख्नुहुन्छ    |   २०७४ चैत १४ गते १६:१३

    भत्केका बाटोहरु पिच गर्न लाग्नुस मुख्य मन्त्री ज्यु,
    तपाईंको मोबाइल एपले दुर्गमका गरीब जनातालाई मोबाइल बाट नै रासन प्रदान गाह्रोस शुभकामना ।

    0
    0
    Share

  • Namita Sharma लेख्नुहुन्छ    |   २०७४ चैत १४ गते १६:२५

    वेभसाईटको वेभ ठेगाना र एप्सको नाम सहितको पूर्ण विवरण पनि राख्नुस न समाचार अलि पूर्ण भएन ।

    2
    0
    Share

  • Anonymous लेख्नुहुन्छ    |   २०७४ चैत १४ गते १७:४२

    Overprivileged app. Installers: please look at the permission details before installations

    4
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this