Comments Add Comment

जेभियरको जादूः दबाब होइन हौसला

हाँस्दै खेल्दै घरघरमा भित्रिएको खुसी

अहिले शिक्षामा नयाँ-नयाँ मान्यताहरु स्थापित हुँदै आइरहेको छ । विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित गराउने हाम्रो पुरातन ढर्रा फेल खाँदै गएको अवस्थामा नयाँ पद्दतीको विकास र अभ्यास आफैमा स्वागतयोग्य छ ।

अहिले नेपालकै शिक्षालयहरुले शिक्षणमा नयाँ-नयाँ अभ्यास गरिरहेको छ । यस्तो अभ्यास, जसले विद्यार्थीलाई घोकन्ते विद्याबाट जीवनोपयोगी शिक्षा दिलाउँछ । व्यवहारिक जीवनमा प्रयोग गर्न सकिने सिकाइका विधीहरु अहिले कक्षाकोठामा अभ्यास हुन थालेका छन् ।

‘दबाब होइन, हौसला’

विद्यार्थीलाई कसरी पढाउने ?

यसमा पनि वैज्ञानिक र व्यवहारिक प्रयोगको खोजी भइरहेको छ । यद्यपी हाम्रो कक्षा कोठाहरु समय सापेक्ष परिवर्तन हुन सकिरहेको छैन । अझैपनि डर, त्रास देखाए, सजाय दिएर विद्यार्थीलाई पाठ्यपुस्तक घोक्न लगाउने शैली ज्यूँको त्यूँ छ ।

विद्यार्थीलाई हुबहु पाठ घोकाउने र त्यसको जवाफ खोज्ने शिक्षा आफैमा अबैज्ञानिक छ । यस्तो पद्दतीलाई पन्छाउँदै बौद्धस्थित जेभियर इन्टरनेशनल स्कुलले नयाँ पद्दतीको अभ्यास गर्‍यो, दबाब होइन हौसला ।

पुरातन पठन विधिलाई त्यागेर नयाँ पठन-संरचनासहित आउँदा धेरैलाई यसलाई आदर्श नारा मात्र ठानेका थिए । तर, जेभियर इन्टरनेशनलले यही मन्त्रलाई व्यवहारिक प्रयोगमा उतारे । विद्यार्थीलाई दबावमुलक शिक्षा नभई हौसलाबाट पढ्न प्रेरित गर्ने पद्धती अवलम्बन गर्‍यो ।

हास्दै, खेल्दै

विद्यार्थीहरुले पढेका कुरालाई मनन गर्न सक्नुपर्छ । मनन गरेको कुरालाई व्यवहारिक जीवनमा उतार्न सक्नुपर्छ । तब, शिक्षा सार्थक ठहर्छ ।

यस किसिमको शिक्षा दिनका लागि विद्यार्थीलाई स्वतन्त्र-सिकाइ आवश्यक हुन्छ । उनीहरुलाई खेलखेलमै ज्ञान दिलाउने पद्दतीको विकास हुनुपर्छ । जेभियर इन्टरनेशनलले विद्यार्थीलाई खेलको माध्यामबाट पढाउने यही विधी आत्मसात गरेको छ ।

बालमनोविज्ञान के हुन्छ भने, उसले किताबको कुरा भन्दा खेलेको कुरा बढी याद गर्न सक्छ । त्यही कुरालाई उसले जीवनमा प्रयोग गर्न सक्छ । व्यवहारिक प्रयोजनमा ढाल्न सक्छ ।

विद्यार्थीको यही मनोविज्ञानलाई बुझेर जेभिर इन्टरनेशनलले ‘हास्दै खेल्दै’ जीवनोपयोगी ज्ञान दिने व्यवस्था गरेको बताउँछन् ।

विनोद दासदेखि हरि खड्कासम्मको बुझाई

नेपाली फुटबल टिमका पूर्व कप्तान हरि खड्का जेभियरका एकजना अभिभावक हुन् । उनले हाँस्दै खेल्दै र दबाब होइन हौसला भन्ने मन्त्रले आफ्नो बच्चाको जीवनमा पढाईप्रति लगाव बढाएको प्रत्यक्ष अनुभव गरेका छन् ।

विद्यालयप्रति उति रुची नराख्ने विद्यार्थीहरु पनि जेभियर इन्टरनेशनलमा पुगेपछि घरायसी वातावरणमा रमाउँछन् । बच्चाको मनोविज्ञान बुझेर उनीहरुलाई व्यवहार गर भन्ने सिद्धान्तले जेभियरलाई धेरै अभिभावक र विद्यार्थीको गन्तव्य बनाएको छ । यस्तै खुसी क्रिकेटर विनोद दासलाई दिएकी छन् उनकी छोरीले ।

बच्चाको दोस्रो परिवार

भनिन्छ, घर-परिवार बच्चाको  पहिलो पाठशाला होे । तर अहिलेको परिस्थिती फरक छ । कामकाजी बाबुआमाले छोराछोरीलाई घरमै उचित रेखदेख गर्न सकिरहेका छैनन् ।

जेभियर मन्टेश्वरीमा १८ महिनाकी छोरी जिम्मा लगाएर काममा जाने एक दम्पत्ती भन्दै थिए, ‘यहाँ ल्याएर जिम्मा लगाएपछि हाम्रो बच्चाको दैनिक जीवनमा परिवर्तनमात्र आएन,विहान उठेपछि स्कूल जाने भनेर ब्याग खोज्न थाल्छिन् ।’

क्रिकेटर विनोद दासकी छोरी विदिशा जेभियर इन्टरनेशनल स्कूलकी कक्षा २ की विद्यार्थी हुन् । छोरीलाई स्कूल पठाउँदाको क्षण सधैं खुसी हुने भएकाले पनि आफूले जेभियरको विकल्प नखोजेको उनले सुनाए । स्कूलको वातावरणले उनकी छोरीलाई घरबाट स्कूल जान प्रेरित गरिरहेको बताए ।

उत्कृष्ट नतिजा

सिकाइ पद्दती विद्यार्थी मैत्री छ । विद्यार्थीहरुले हास्दै, खेल्दै ज्ञान आर्जन गर्न सक्छन् । यसका साथसाथै विद्यालयले सर्बोत्कृष्ट नतिजा पनि ल्याउने गरेको छ ।

बिगतमा एसएलसीको समग्र नतिजामा ४५ प्रतिशतमात्र विद्यार्थी पास हुँदा जेभियरबाट सधैं शतप्रतिशत नतिजा आएको थियो । एसईईको ग्रेडिङ प्रणालीमा गएपछि पनि जेभियर इन्टरनेशनल स्कूलका ९२ प्रतिशत विद्यार्थीले ए प्लस ग्रेड ल्याएको परीक्षा नियन्त्रण कार्यालयले रेकर्डमा जनाएको छ ।

सफलता त्यतिकै प्राप्त हुँदैन । त्यसका पछाडि सामुहिक भावना चाहिन्छ । जेभियर इन्टरनेशनलको यो रिजल्टको मुख्य कारण दक्ष शिक्षक हुन्,जसले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार शिक्षण सिकाईको अनुभव तथा तालिक लिएका छन् ।

विषयवस्तुमा दक्ष अनुभवी तथा शिक्षण विधीमा निपुर्ण शिक्षक शिक्षिकाहरुबाट शिक्षण गराइएका कारण अहिलेसम्म शत प्रतिशत नतिजा आइरहेको जेभियर इन्टरनेशल स्कूलका कार्यकारी निर्देशक लोकवहादुर भण्डारी बताउछन् ।

 ब्रिटिस काउन्सिलसँग सहकार्य

जेभियर इन्टरनेशनल स्कूलले शिक्षक र शिक्षीकाहरुलाई समय समयमा बिटि्रस काउन्सील बाट ‘पाटर्नर स्कुल ग्लोबल नेटवर्क’ अन्तर्गत संचालित प्रशिक्षण गराउने गरेको छ । बिटि्रश काउन्सीलबाट ‘नेपालको उदयीमान शिक्षणसंस्था’को रुपमा  प्रमाणीत यो स्कुलले यसै वर्ष फागुन महिनामा जोर्डनमा संचालीत विश्वका उदीयमान स्कुलको सम्मेलनमा सहभागी हुने अवसर प्राप्त गरेको पि्रन्सिपल गोपाल भण्डारीले जानकारी दिए ।

बिटि्रश काउन्सिलका नेपाल परीक्षा प्रबन्धक जिम ओनिलले पनि जेभियर इन्टरनेशनल स्कूलले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको शिक्षण सिकाई अभ्यास गरेको कारण सहकार्य गरिएको बताए । उनले भने, ‘ हाम्रा बिटि्रश पाठ्यक्रमलाई नेपालमा स्थापीत गर्न जेभियर इन्टरनेशनल स्कुल ज्ास्ता सँस्थासँग सहकार्य गर्न हामी सदा तयार छौं ।’

अन्तराष्ट्रीय शैक्षिक भ्रमण:

जेभियर इन्टरनेशनल स्कूलमा पढाउने र घोकाउने अनि गृहकार्यको भारी थमाउने मात्र पाठ्यक्रम छैन । यहाँका विद्यार्थी खेलकुदमा राष्ट्रिष्य पदक पाउने हैसियतका छन् । गीत संगीत र अन्तर्राष्ट्रिय अवलोकन भ्रमणमा पनि जेभियर इन्टरनेशनल स्कूलका विद्यार्थीहरु नियमित छन् ।

स्काउट जम्बोरी हङकङ,स्काउट जम्बोरी कोरिया भ्रमण यसबीचमा भइसकेको छ । त्यस्तै एशियन साइन्स क्याम्प सिंगापुरमा पनि जेभियर इन्टरनेशनलका विद्यार्थीले सहभागिता जनाएका थिए । भारतको लखनउमा इन्भाइरोन्मेन्ट ओलिम्पियाडकेा सहमागिता स्मरणिय छ ।

अहिलेसम्म जेभियर इन्टरनेशनल स्कूलका विद्यार्थीले अन्तर कलेज प्रतियोगितामाहरुमा बास्केटबल,पौडी,घोडचढी र जिम्न्यास्टिकमा उत्कृष्ट टिमको उपाधी पाइसकेका छन् ।

जीवन र जगतलाई बुझ्ने अनुकुलता

पढाईका अतिरिक्त विद्यार्थीहरुलाई जीवन र जगतको बारेमा पनि सिकाउँछ जेभियर इन्टरनेशनल स्कूलले । दक्ष र प्रतिष्ठित व्यक्तित्वहरुबाट विद्यार्थी जिबन उपयोगी, व्यक्तित्व बिकास, मानसिक तथा शारीरीक स्वास्थ्य सम्बन्धि कक्षाहरु संचालन हुने गरेका छन् ।

ए लेभलमा विश्व टप

जेभियर इन्टरनेशल स्कूलका विद्यार्थीले ए लेभलमा नेपाल टपमात्र होइन वल्र्ड टप गरेका छन् । त्यसैले होला टपर विद्यार्थीहरुको पहिलो रोजाई जेभियर इन्टरनेशनल हुने गरेको छ । यो कुनै प्रचार प्रसारको कुरा होइन । एसएलसीका बोर्ड टप गर्ने विद्यार्थीहरुको रोजाई जेभियरनै बन्थ्यो । पछिल्लो पटक जिपिए टप अर्थात ४ अंक ल्याउने समिक्षा सुवेदी,आदर्श पाण्डे,निश्चल पाण्डेले पनि जेभियर इन्टरनेशनलनै रोजेका छन् ।

यो भन्दा खुसी अरु के ?

विद्यार्थीहरुलाई कक्षामा पढाउँदा होस वा विद्यालय परिसरमा अनिवार्य रुपमा श्र्रव्य तथा दृष्य प्रबिधिको प्रयोग गर्ने नियम जेभियरले चलाएको छ ।

वि.सं. २०६४ साल बाट अनवरत रुपमा उत्कृष्ट शिक्षा प्रदान गरिरहेको जेभियर इन्टरनेशल स्कूल काठमाडौंका उत्कृष्ट १० विद्यालयको शीर्षस्थानमा रहेको सरकारी अध्ययनलेनै देखाइसकेको सत्य हेा ।

फेरि पनि जेभियर इन्टरनेशनल स्कूलमै किन बच्चा पठाउने त ? यो प्रश्न हामीले बिनोद दासलाई राख्यौं । उनले भने, ‘किनभने बच्चालाई स्कूलमा दबाब होइन पढ्ने हौसला चाहिन्छ,त्यो जेभियर इन्टरनेशनलमा छ । अनि बच्चा हाँस्दै खेल्दै स्कूल जान्छन् र हाँस्दै खेल्दै घर फर्किन्छन् ।’

अभिभावकका लागि यो भन्दा ठूलो खुसी अरु केही हुन्छ र ?

जेभियर मन्त्रले यहि खुसी घरघरमा पुर्‍याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वर्ष अभिभावक दिवसमै खुलेर प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment