+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

यातायात कार्यालयबाट ९ जना बिचौलिया समातिए

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १६ गते १५:२५

१६ चैत, काठमाडौं । प्रहरीले यातायात व्यवस्था कार्यालयको बागमती मोटरसाइकल शाखा, सतुंगलबाट प्रहरीले ९ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ ।

विचौलियाले आश्यकताभन्दा दश गुणा बढी रकम लिएर सेवाग्राहीलाई दुःख दिने गरेको गुनासो बढेपछि कार्यालयमा छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार महानगरीय प्रहरी प्रभाग, बलम्बुका प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त, थानकोट पठाएको छ ।

उनीहरुविरुद्ध सार्वजनिक अपराध अन्तरगत म्याद थप गरी अनुसन्धान थालिएको छ ।

पक्राउ पर्नेहरुमा निम्न अनुसारका व्यक्तिहरु छन्ः–

१) काठमाण्डौं च.न.पा.२, वाडभन्ज्याङका ४२ वर्षीय सानु कुमार भुर्तेल

२) काठमाण्डौं  नागार्जुन न.पा.७  का ३३ वर्षीय रबिन तामाङ

३) रामेछाप ओखरेनी-७ का २६ वर्षीय रोशन कार्की

४) मकवानपुर, हाडीखोला गा.पा.३ घर भइ ललितपुर-१४ का २३ वर्षीय पृथ्वी कार्की

५) ललितपुरको महालक्ष्मी न.पा.९ का ३४ वर्षीय किरण तामाङ

६) धादिङ निलकण्ठ न.पा. १४ घर भई  ललितपुर सातदोबाटो बस्ने २५ वर्षीय  रबी शाह

७) ललितपुरका २५ वर्षीय शुनिल महर्जन

८) पर्सा पटेर्वा-२ का २३ वर्षीय अनिल कुमार चौधरी

९) काठमाण्डौ च.न.पा.८ का ३७ वर्षीय अशोककुमार बलामी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?