+
+
Shares

चैत २९ देखि मंगलबारेमा सडक महोत्सव

रासस रासस
२०७४ चैत २५ गते ६:०७

२५ चैत, मंगलबारे, इलाम । पूर्वी इलामको पर्यटकीय नगरी सूर्योदय नगरको पर्यटन विकासमा सघाउ पुर्याउने उद्देश्यका साथ चारदिने दोस्रो सूर्योदय सडक महोत्सव सञ्चालन हुने भएको छ । दोस्रो सूर्योदय सडक महोत्सव मूल आयोजक समितिले आउँदो चैत २९, ३० र वैशाख १ र २ गते आयोजना गर्ने शनिबार सूर्योदय नगरपालिकाको फिक्कलमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिएको हो ।

आयोजक समितिका सचिव युवराज प्रधानका अनुसार यो वर्षको महोत्सवमा डेढ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । महोत्सवमा विभिन्न जातजातिका खानाका परिकार, स्थानीयस्तरमा उत्पादित कृषिजन्यउपज, घरेल उद्योगबाट उत्पादित वस्तु तथा व्यावसायिक कक्षसहित १०० वटा कक्ष रहने आयोजक समितिले जनाएको छ ।

यस्तै महोत्सवलाई भव्य बनाउन चारैदिन राष्ट्रियस्तरका कलाकार नवीन के भट्टराई, इन्दिरा जोशीसहित विभिन्न ब्याण्डले सांगीतिक प्रस्तुति दिने आयोजक समितिका अध्यक्ष अभिषेक श्रेष्ठले बताए । महोत्सवले सूर्योदय नगरक्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीयस्थल कन्याम, श्रीअन्तु, सिमपानी, करफोक, पञ्चकन्या मन्दिर, लेप्चा गुम्बा, पशुपतिनगर क्षेत्रको पर्यटन प्रवद्र्धन हुने त्यस क्षेत्रको पर्यटन विकासमा सघाउ पुग्ने विश्वास आयोजकले लिएको छ ।

महोत्सवमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन हुनेछ ।  यसै क्रममा महोत्सवकै अवसर पारेर फिक्कलमा इलाम जिल्लाभरको पर्यटकीयस्थलको जानकारी दिनेगरी पर्यटकीय सूचना केन्द्रको पनि स्थापना गर्ने बताइएको छ ।

सूर्योदय नगर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न स्थानीय सरकारले कुनै चासो नदेखाएको तथा सडक महोत्सवलाई निरन्तरता दिन आयोजक सूर्योदय होटल व्यवसायी संघले महोत्सवको आयोजना गरेको सचिव युवराज प्रधानको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?