Comments Add Comment

को हुन् हिन्दूहरूका धर्मगुरु ?

वैदिक सनातन आर्य धर्मलाई हिजोआज हिन्दू धर्म भनिन्छ । जसरी इस्लाम धर्ममा इमाम वा खलिफा, ईसाईमा पोप, बौद्धमा लामा वा भिक्षु, जैनमा मुनि हुन्छन् त्यसरी नै हिन्दू धर्ममा आचार्य हुन्छन् । आचार्यलाई गुरु पनि भनिन्छ । प्राचीन कालदेखि आजसम्म हिन्दू धर्ममा को को आचार्य भए, हेरौँः

ज्ञात इतिहासलाई हेर्ने हो भने प्रारम्भमा दुई प्रकारका विचारधाराका अनुसार गुरुको पदमा दुईजना प्रमुख ऋषि थिए- अंगिरा र भृगु । यी बाहेक अत्रि र अगस्त्य ऋषि पनि महागुरु थिए । वामदेव, शौनक, पुलह, पुलस्त्य आदि ऋषिहरू पनि थिए जसले विभिन्न कालखण्डमा गुरुपद सम्हालेका थिए । मान्यताअनुसार भगवान् शंकरका सातजना चेला अर्थात् सप्तषिर्हरूले पनि धर्मको प्रचारस्रसार गरेर सनातन परम्परालाई स्थापित गरेका थिए ।

ऋषि अंगिरा र भृगुपछि उनीहरूका छोराहरूले यो पद सम्हाले । अंगिराका छोरा बृहस्पति एवं भृगुका छोरा शुक्राचार्यले गुरुपदमा आसीन भएर सनातन परम्परालाई अघि बढाए । बृहस्पतिपछि उनका छोरा भरद्वाज तथा शुक्राचार्यपछि उनका छोराहरू और्व तथा वेनले यो पद सम्हालेका थिए । यी ऋषिहरूपछि  महषिर् वशिष्ठ, मार्कण्डेय, मतंग, वाल्मीकि, विश्वामित्र, परशुराम तथा दत्तात्रेय आदिले सनातन धर्म परम्परालाई अघि बढाए । त्यसपछि ऋषि पराशर, कृपाचार्य, सांदीपनि तथा वेद व्यासले यो परम्परालाई अघि बढाए  । यसपछि आद्य शंकराचार्यको समयसम्म आइपुग्दा अन्य थुप्रै गुरु भए जसले सनातन धर्म तथा संस्कृतिलाई मार्गदर्शन गरे ।

आद्य शंकराचार्यले हिन्दू धर्मलाई व्यवस्थित तुल्याउन भरमग्दुर प्रयास गरे । उनले हिन्दूहरूका सबै जातजातिहरूलाई एकत्रित गरेर दसनामी सम्प्रदाय बनाए । यसबाट उनले साधु समाजमा अनादि कालदेखि चलिआएको धारालाई पुनर्जीवित गरेर चार धामको चार पीठ गठन गरे र तिनमा चारजना शंकराचार्य राख्ने परम्परा बसाले । शंकराचार्यपछि गुरु गोरखनाथको नाम सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

वर्तमानमा आद्य गुरु शंकराचार्य, गुरु गोरखनाथ, वल्लभाचार्य, रामानन्द, माधव, निम्बार्क, गौडीय, बासवन्ना, जम्भेश्वरजी पंवार, कबीरदास, रविदास एवं ज्ञानेश्वरको परम्पराका गुरुहरूलाई सनातन धर्मको धर्मगुरु मानिन्छ । यद्यपि सबै सम्प्रदाय, मत, पन्थ एवं समाजका मूलतः चार धर्मगुरु चार मठका चार शंकराचार्य नै हुन् ।

सबै हिन्दूले मठ एवं अखाडाहरूको परम्परालाई नै पालन एवं सम्मान गर्नु तथा उनीहरूकै निर्देशअनुसार चल्नु आवश्यक छ । वर्तमानमा थुप्रै स्वघोषित सन्त देखा परेका छन् जसको हिन्दू धर्मसँग नाता तब मात्र जोडिन्छ जब उसले वेद एवं उपनिषद्को गुरु परम्पराको अनुसरण गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment