+
+
Shares

चितवनमा ठगेर झापा पुगेका दुई जना समातिए

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ३० गते १२:२१

३० चैत, काठमाडौं । इलाका प्रहरी कार्यालय, बिर्तामोडले ठगी मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथरको साविक रानीगाउँ–५ घर भइ हाल बिर्तामोड–५ बस्दै आएका ४५ वर्षीय प्रकाश भनिने दानबहादुर नेपाल र उनकी श्रीमति ३० वर्षीय ममता नेपाल छन् ।

उनीहरुले विभिन्न बहानामा विभिन्न व्यक्तिहरुबाट नगद तथा सुनचाँदीका गरगहना ठगी गरेर भागेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय, चितवनमार्फत आएको पत्र अनुसार उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, झापामार्फत चितवनमा उपस्थित गराइएको बिर्तामोडका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?