
२ बैशाख, काठमाडौं । काठमाडौं टोखा नगरपालिका–९, मिलन टोलस्थित भुमेश्वरी गेष्ट हाउसमा हत्या गरिएकी २२ वर्षीय युवती यौनकर्मी भएको खुलेको छ ।
उनले रातिसँगै बसेका युवकलाई ब्ल्याकमेल गरेपछि उनको हत्या भएको खुलेको हो ।
हत्यामा संलग्न सल्यानको शारदा नगरपालिका–१ का २२ वर्षीय गोपाल शर्मालाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले कञ्चनपुरको भारतीय सीमावर्ती क्षेत्रमा लुकेर बसेको अवस्था पक्राउ गरेर ल्याएको छ ।
प्रहरीसँग बयान दिने क्रममा उनले युवतीले सहमति अनुसार सम्पर्क गर्न नदिइ गाली गलौज गरेपछि हत्या गर्नु परेको बताएका छन् ।
‘राति रक्सी खाएर लठ्ठ भएर निवस्त्र भए पनि सहमति अनुसार सम्पर्क गर्न दिइन । बरु उल्टै केटाहरु बोलाएर खत्तम पार्छु भन्दै धम्काइन्’, प्रहरीले अभियुक्तको बयानलाई उदृत गर्दै भन्यो, ‘यसरी नै कति केटालाई लुटिसकेँ । तँलाई पनि लुट्ने हो । तेरो आमा, दिदी बहिनीहरुसँग सम्पर्क गर भनेर भनेपछि आवेशमा केटीलाई घाँटी र दुवै खुट्टामा बाँधेर होटलबाट भागेको हुँ ।’
उनका अनुसार उनीहरु घटनाअघिसम्म अपरिचित थिए । बसर्पाकमै भेट भएर सहमतिमा दुई हजार रुपैयाँमा युवती युवकसँग गेष्ट हाउस गएकी थिइन् ।
उनीहरु २२ चैतमा राति गेष्ट हाउसको २ सय ३ नम्बरको कोठामा बसेका थिए । कोठामा गेष्ट हाउस सञ्चालक बिल लिएर जाँदा उनी मृत अवस्था भेटिएकी थिइन् । र, प्रहरीले अनुसन्धान थालेको थियो ।
यो पनि पढ्नुस्
टोखामा युवकसँग गेष्ट हाउस गएकी युवतीको शंकास्पद मृत्यु
टाटुबाट खुल्यो गेस्ट हाउसमा मृत भेटिएकी युवतीको परिचय
नयाँ बसपार्कको गेष्ट हाउसमा बोलाएर युवतीको हत्या गर्ने भारतमा समातिए
प्रतिक्रिया 4