+
+
Shares

प्रहरी महानिरीक्षकको निर्देशन– गुन्डागर्दी गर्नेसँग उठबस नगर्नू, लोभमा नपर्नू

'लाेभ, लालचमा पर्ने कसैलार्इ छाडिन्न'

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २ गते १७:३३

२ बैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक सवेन्द्र खनालले कुनै लोभ, लालचमा नपरी काम गर्न प्रहरी अधिकारीलाई निर्देशन दिएका छन् ।

महानिरीक्षकमा बढुवा भएको ५ दिनपछि उपत्यकाभरिका प्रहरी इकाइमा कार्यरत् कर्मचारीलाई ब्रिफिङ गर्दै खनालले इमान्दारितापूर्वक जनताको सेवामा खटिन निर्देशन दिएका हुन् । साथै, उनले लोभ, लालचमा पर्ने कसैलाई पनि नछाड्ने समेत बताए ।

आइतबार प्रहरी क्लब, भृकुटीमण्डमा भएको ब्रिफिङमा आईजीपी खनालले भने, ‘अहिले व्यक्ति हेरेर काम गर्ने शैली मौलाएको छ, यसलाई अन्त्य गरी सबैलाई समान व्यवहार गर्नुस् ।’

उनले गुन्डागर्दी गर्नेहरुसँग समेत उठबस नगर्न निर्देशन दिँदै प्रहरीको छवि सुधार्नका लागि इमान्दारिता देखाउनु पर्ने बताए ।

यो पनि पढ्नुस् 

सर्वेन्द्र खनाल: ‘म्याच फिक्सिङ’को पर्दाफासदेखि घैंटे इन्काउन्टरसम्म

असईको सेखी झार्न इन्स्पेक्टरमा भर्ना भएका थिए सर्वेन्द्र खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?